ऐतिहासिक जनयुद्धको पहिलो योजना

माक्स्रवाद-लेनिनवाद-माओवादको सार्वभौम सत्यलाई नेपाली समाजको वास्तविक स्थितिमा लागू गर्ने प्रकि्रयामा चलेको लामो वैचारिक एवम् वर्गसङ्घर्षको अनुभवका आधारमा एकता महाधिवेशनमा हाम्रो पार्टीले क्रान्तिकारी राजनैतिक कार्यदिशा निर्धारित गर् यो । त्यस कार्यदिशामुताविक केन्द्रीय समितिको तेस्रो विस्तारित वैठकले व्यवस्थित रुपले पार्टीको सैन्य कार्यदिशा अघि ल्यायो । त्यो सैन्य कार्यदिशाले आजको राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा मात्र होइन नेपाली समाजको ऐतिहासिक विकासप्रकि्रया र आजको आर्थिक राजनैतिक साँस्कृतिक एवम् भौगोलिक विशिष्टताहरु समेतको लेखाजोखा गरी नेपाली जनयुद्धको रणनीति एवम् कार्यनीतिहरुको खाका तयार पार् यो ।

कात्तिक ६, २०८१ बुधबार ५:६:३५