ऐतिहासिक सम्भावना र चुनौती

ऐतिहासिक सम्भावना र चुनौती (वर्तमान परिस्थिति र नेपाली सर्वहारावर्गको ऐतिहासिक कार्यभार ) वर्तमान परिस्थितिबारे (वस्तुगत) वर्तमान परिस्थितिबारे (आत्मगत) आगामी योजना र कार्यभारबारे क) वर्तमान परिस्थितिबारे (वस्तुगत) केन्द्रीय समितिको गत बैठकयताको साढे तीन महिनामा देशको राजनीति अत्यन्त तीव्र र घनीभूतरूपले नयाँ ध्रुवीकरणतिर अगाडि बढिरहेको छ । पार्टी केन्द्रिय कार्यालयका तर्फबाट गरिएको देशव्यापी प्रशिक्षण, देशका सबै प्रमुख सहर एवम् मुख्यतः काठमाडौंमा आयोजित विशाल जनसभाहरू तथा वार्ताको टेबलमा वार्ताटोलीले गरिरहेको जिम्मेवारपूर्ण पहल र बालुवाटारमा गएर केन्द्रीय कार्यालयले गरेको आठबुँदे सहमतिसमेतले हाम्रो गौरवशाली पार्टीलाई नयाँ नेपालको नेतृत्वकर्ताका रूपमा सुस्पष्ट ढङ्गले स्थापित गराएको छ ।

सर्वहारावर्गको नेतृत्वमा अगाडि बढेको उपर्युक्त प्रकारको तीब्र राजनीतिक पहलकदमी र त्यसप्रति ग्रामीण जनसमुदायको मात्र नभएर सहरिया जनसमुदायको समेत समर्थन र आकर्षाको बढ्दो लहरले देशभित्र र बाहिरका प्रतिक्रियावादी एवं अवसरवादीहरूका अगाडि स्वभाविकरूपले अस्तित्व रक्षाको गम्भीर चुनौती खडा गरायो । वस्तुतः बालुवाटारको आठबुँदे सहमतिसम्म पुग्दा नेपाली राजनीतिमा भइरहेको वैदेशिक प्रतिक्रियावादी हस्तक्षेप र षडयन्त्रका विरुद्ध नेपाली सर्वहारावर्ग र उसको गौरवशाली राजनीतिक अग्रदस्ता ने.क.पा.(माओवादी)ले आफ्नो राजनीतिक श्रेष्ठतालाई निकै वैज्ञानिक र कलात्मक ढङ्गले सावित गर्न सफल भयो । यो सफलताले अन्ततः नेपाली जनताको स्वाभिमानको विजय तथा वैदेशिक प्रतिक्रियावादी र तिनका पिछलग्गुहरूको पराजयलाई व्यक्त गर्दछ ।

कात्तिक ६, २०८१ बुधबार ५:२२:७