ने.क.पा.(माओवादी)को २०६४ वैशाखमा बसेको केन्द्रीय समितिको वैठकमा पारित

आजको देशको राजनीतिक परिस्थिति गम्भीर क्रान्तिकारी सङ्कटका रुपमा व्यक्त हुँदै छ । राज्यको अग्रगामी पुनस्रंरचनासहित सङ्घात्मक लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेपाली जनताको सङ्कल्प एकातिर र अर्कोतिर यथास्थिति कायम राख्न खोज्ने सामन्तवादी र साम्राज्यवादी शक्तिका बीचको अन्तरविरोध प्रतिदिन गम्भीर मुठभेडतिर अगाडि बढ्दैछ । निर्धारित समयमा संविधानसभाको निर्वाचनले मात्र त्यो अन्तरविरोधलाई सहज राजनीतिक निकास दिएर समाधान गर्न सक्दथ्यो । तर सामान्यतः वामपन्थी जनमत एवं विशेषतः हाम्रो गौरवशाली पार्टी ने।s।पा। माओवादी को लोकपि्रयताबाट त्रसित प्रतिकि्रयावादी शक्तिहरुले अनेक बहाना र षडयन्त्र गरी संविधानसभाको निर्वाचन टार्ने प्रपाचमा सफल हुँदैछन् । यसरी देश गम्भीर राजनीतिक सङ्कटको अवस्थामा रहेको तथ्य स्पष्ट हुन्छ ।

कात्तिक ६, २०८१ बुधबार ५:७:८