छिङ्हाई प्रान्तका सेक्रेटरीसँग महत्वपूर्ण छलफल

काठमाडौं, ३ कार्तिक । नेपाल भ्रमणमा आउनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं छिङ्हाई प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डललाई मेरो निवासमा स्वागत गर्न पाउँदा खुशी लागेको छ। उहाँहरुसित आज वैचारिक र भावनात्मक दुबै कोणबाट महत्त्वपूर्ण छलफल भएको छ। 

भेटमा मैले नेपालको विकास र राष्ट्रिय स्वाधीनताको पक्षमा चीनले देखाइरहेको तत्परताप्रति धन्यवाद दिंदै विभिन्न समयमा भएका द्विपक्षीय समझदारीहरुको कार्यान्वयनमा जोड दिएको छु। 

गत वर्ष मेरो चीन भ्रमणका क्रममा भएका महत्त्वपूर्ण समझदारीका विषयमा समेत आन्तरिक राजनीतिक उतारचढावको असर पर्न नदिई कार्यान्वयन गर्नुपर्नेमा जोड दिंदै चीनले पनि सबै समझदारी कार्यान्वयनलाई तीब्रता दिनेछ भन्ने विश्वास लिएको छु।

भेटमा हाम्रो नेकपा(माओवादी केन्द्र)को तर्फबाट म सहित बरिष्ठ उपाध्यक्ष नारायकणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिवद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत, केन्द्रीय सदस्य गंगा दाहालको सहभागिता रहेको थियो । चिनियाँ प्रतिनिधिमण्डलको तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं छिङहाई प्रान्तका सेक्रेटरी छेन् गाङ्ग, नेपालस्थित राजदूत छेन् सोङ्गलगायत उपस्थित हुनुहुन्थ्यो ।

कात्तिक ६, २०८१ मंगलबार २३:१६:३०