अन्तिम श्रद्धाञ्जली उपाध्यक्ष भुपेन्द्रा बुढा!

काठमाडौं, १ असोज । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। 


उहाँको अन्त्येष्टिपूर्व मैले राष्ट्रिय झण्डा र पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएको छु ।

मसँगै उहाँलाई पार्टी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन ‘अनन्त’,  पूर्वसभामुख एवं पार्टी स्थायी समिति सदस्य ओनसरी घर्ती,  स्थायी समिति सदस्य गणेशमान पुन,  केन्द्रीय सदस्य दलजित सिर्पालीलगायत ठूलो संख्यामा उपस्थित नेता, कार्यकर्ता, शुभेच्छुक र आफन्तहरुले श्रद्धाञ्जली दिएका छौं ।

उहाँसहित वडा अध्यक्ष जसबहादुर सिर्पालीको निधनले रुकुमपूर्व पुथा उत्तरगङ्गाका जनताले आफ्नो प्रिय जनप्रतिनिधि गुमाएका छन् भने पार्टीले होनहार युवा नेता गुमाएको छ।

उहाँहरूका परिवारजन, पार्टी पंक्ति र जनसमुदायमा पुनः गहिरो समवेदना प्रकट गर्दछु।

असोज ३, २०८१ बिहीबार २१:४४:५०