अध्यक्ष क. प्रचण्ड र चिनियाँ राजदुत वु चुन्ताईबीच भेट

13844127_1748049712126783_480304963_oकाठमाडौं, साउन १४ गते । अध्यक्ष क. प्रचण्डसँग चिनियाँ राजदुत वु चुन्ताईले आज बिहान आफ्नै निवास लाजिम्पाटमा भेट गर्नुभयो । भेटका क्रममा अध्यक्ष क. प्रचण्डले अहिलेको राजनीतिक घट्नाक्रमबारे प्रष्ट्याउँदै अब केही दिनभित्र आफ्नो नेतृत्वमा नयाँ सरकार निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफ्नो नेतृत्वमा अब बन्ने सरकारले संविधान कार्यान्वयन, राजनीतिक स्थीरता एवं शान्ति, पुनर्निमाण र विकासका कामहरुलाई तीव्रताका साथ आगाडी बढाउने बताउनु भयो । अध्यक्ष क. प्रचण्डले पछिल्लो चरणमा हामी समेत संलग्न रहेको सरकारले चिनियाँ सरकारसँग गरेका सन्धी, सम्झौता र समझदारी आफु गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदै भएका सहमतिकै परिणाम भएको बताउनु भयो । उहाँले अब बन्ने सरकारले चिनियाँ सरकारसँग भएका सन्धी, सम्झौता र समझदारीलाई कार्यान्वयन गर्दै अझ नयाँ सहमति निर्माण गर्ने बताउनु भयो ।
उक्त भेटका क्रममा राजदुत चुन्ताईले केही दिनभित्र तपाईंको नेतृत्वमा बन्ने सरकारलाई चिनियाँ सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताको पूर्ण सहयोग र समर्थन रहने बताउनु भयो । उहाँले नेपालको विकासको निम्ति चिनियाँ सरकारको तपाईंको नेतृत्वमा बन्ने सरकारलाई पुरा साथ, सहयोग र समर्थन रहने बताउनु भयो ।

कात्तिक १२, २०८१ मंगलबार २:२०:२७