अध्यक्ष प्रचण्डद्वारा कान्तिकारी नेता अधिकारीप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले आइतबार निधन भएका नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएकाे छ ।

नेता अधिकारीलाई सोमबार कुपन्डाेलस्थित साे पार्टीकाे कार्यालय पुगी श्रद्धाञ्जली अर्पण गर्नुभएकाे हाे ।

गत पुस २७ गते चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भर्ना हुनु भएका अधिकारीलाई फाेक्साेकाे क्यान्सर भएकाे थियाे । केमाे लगायतका उपचार भएपछि थप उपचारका लागि उहाँलाई वैशाख २२ गते थप उपचारका लागि हरिसिद्धी लगिएको थियो ।

केमोको पहिलो चक्र सकिएपछि सेकाइका लागि ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा लगिएको पारिवारले जनाएकाे छ ।

विसं २०११ मा गोर्खाको अजिरकोट गाउँपालिकामा जन्मनुभएका अधिकारी विसं २०३२ बाट पूर्णकालीन रूपमा कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आउनुभएको थियाे । माओवादी पार्टी विभाजन आएसँगै अधिकारी मोहन वैद्य नेतृत्वको पार्टीमा लाग्नुभएको थियो ।

अधिकारी कम्युनिष्ट आन्दोलनमा इमान्दार नेताका रुपमा परिचित हुनुहुन्छ । २०४८ सालमा गोरखामा तत्कालीन संयुक्त जनमोर्चाबाट सांसद उम्मेदवार बन्नुभएका अधिकारी लोकप्रिय मत ल्याएपनि काँग्रेस उम्मेदवारसँग पराजित हुनुभएको थियो ।

माओवादी पार्टी विभाजनसँगै वैद्य नेतृत्वमा लाग्नुभएका उहाँलाई अध्यक्ष प्रचण्डले अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गर्नुभएकाे थियो ।



कात्तिक ९, २०८१ शुक्रबार ८:८:६