अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति बारे जानकारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको आज साँझ महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भेटी स्वास्थ्यस्थिति बारे जानकारी लिनुभएको छ । सो क्रममा अध्यक्ष प्रचण्डले स्वास्थ्योपचारमा सम्लग्न चिकित्सकहरुसँग परामर्श पनि गर्नुभएको छ । उहाँले प्रधानमन्त्री ओलीलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पार्टीको कुनै पनि चिन्ता नलिन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि उच्च मनोबलमा रहेको आफूले पाएको अध्यक्ष प्रचण्डले बताउनुभो । प्रधानमन्त्री ओलीले पनि आफू प्रत्यारोपणका लागि पूर्णरुपमा तयार गरेको अध्यक्ष प्रचण्डसँग बताउनुभएको थियो ।

सो क्रममा प्रधानमन्त्री ओलीको विगतमा भएको एपेण्डिसाइटको शल्यक्रियाको कुनै असर नरहेको उपचारमा सम्लग्न चिकित्सकहरुले अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए । अध्यक्ष प्रचण्डले भोलि बिहान ९ बजे हुने मिर्गौला प्रत्यारोपणको लागि विदेशी चिकित्सकहरु समेत सम्लग्न रहने जानकारी पाएको बताउनुभयो ।

कात्तिक ८, २०८१ शुक्रबार ०:८:२७