अध्यक्ष प्रचण्डबाट घाइते सभासद शाहीलाई अस्पतालमा भेट

काठमाडौं, १५ माघ । सडक दुर्घटनामा परी घाइते हुनुभएका पार्टीका सभासद महेन्द्र शाहीलाई आज अध्यक्ष प्रचण्डले अस्पतालमा भेट गर्नुभएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराईरहनुभएका सभासद शाहीलाई आज बिहान भेटी अध्यक्ष प्रचण्डले शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

अध्यक्षले दुर्घटनाको प्रकृति र उपचारका बारेमा पनि घाइते शाहीसँग जानकारी लिनुभयो । अध्यक्षले उपचारमा सम्लग्न चिकित्सकहरुसँग उपचारमा भईरहेको प्रगतिका बारेमा कुराकानी गर्नुभयो । चिकित्सकहरुले अध्यक्ष प्रचण्डलाई उहाँको स्वास्थ्यस्थिति सुधारोन्मुख र खतरामुक्त रहेको बताउनु भएको थियो ।

माघ १२ गते काठमाडौंबाट पोखरा जाने क्रममा तनहुँको दमौलीमा सवारी दुर्घटनामा परी घाइते हुनुभएका एमाओवादी सभासद महेन्द्र शाही, उहाँकी छोरी सुर्जा र सुर्जाकी साथी रुकुम तकसेराकी माधवी बुढा घाइते हुनुभएको थियो ।

माघ १९, २०८१ शनिबार ६:३६:९