अध्यक्ष प्रचण्डबाट परुई खोला पुल समुद्घाटन (भिडियाे)

चितवन । नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडी न.पा. वडा नं. ७ र ८ जोड्ने परुई खोला पुलको औपचारिक समुद्घाटन भएको छ ।

सो नवनिर्मित दुईतर्फी पक्की पुलको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समुद्घाटन गर्नुभएको हो । वातावरणीय प्रभाव मुल्यांकन स्वीकृत भई बि.टी. निर्माण सेवाले २०७६ ज्येष्ठदेखि निर्माण सुरु गरेको सो पुलको केही महिना अगाडि निर्माण पुरा भएकोमा हालै पुलमाथिको कालोपत्रे निर्माण सकिएको हो ।

पुल समुद्घाटन कार्यक्रममा बागमती प्रदेशका मन्त्री घनश्याम दहाल अविनाश, माओवादी केन्द्रका केन्द्रीय सदस्य यम बहादुर परियार र माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालसंगै माओवादी केन्द्रका जिल्ला र नगरस्तरका नेता कार्यकर्ता एवं स्थानीयबासीहरु सहभागी रहेका थिए ।

नारायणगढ माडी ठोरी हुलाकी हुलाकी सडकमा करीब ८२ करोड रुपैंयाको लागतमा निर्माण चलिरहेका १२ वटा पुलहरुमध्ये यसपटक दोश्रो पुलको उद्घाटन सकिएको हो । अन्य पुलहरुमा निर्माण कार्य जारी रहेको छ ।

कात्तिक ८, २०८१ बिहीबार १२:४:०