अध्यक्ष प्रचण्ड र बंगलादेशका राष्ट्रपति हमिदबीच भेटवार्ता

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र नेपाल भ्रमणमा रहनुभएका बंगलादेशका महामहिम राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएकाे छ । राजधानीस्थित हाेटल मेरियाेटमा भएकाे भेटका अवसरमा दुईपक्षीय सम्बन्ध, आपसी हितका विविध विषयमा छलफल भएकाे थियाे ।

अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तनसँगै जनयुध्द, शान्ति प्रक्रिया र सरकारकाे नेतृत्व गर्ने अवसरले अाफूलार्इ चमात्कारकाे अनुभूति भएकाे बताउनुभयाे । यस्ताे अवसर राजनीतिमा नेताहरूले विरलै पाउने उहाँकाे भनार्इ थियाे । साे अवसरमा अध्यक्षले नेपालकाे राजनीतिक परिवर्तनबारे बंगालदेशका नेताहरूलार्इ व्याख्या गर्ने अाफ्नाे धाेकाे रहेकाे बताउनुभयाे ।

नेपाल बंगलादेशका महामहिम राष्ट्रपतिले नेपालको शान्तिप्रक्रिया निष्कर्षमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने सुन्दर देशको सुन्दर दिमाग भएको सुन्दर नेता भन्दै उच्च प्रशंसा गर्नुभयाे । यस्तै महामहिम राष्ट्रपतिबाट आफ्नो पहिलो नेपाल भ्रमणको चर्चा गर्दै नेपाल अत्यन्त सुन्दर मुलुक भएको धारणा व्यक्त गर्नुभयाे ।

नेपालको विकास, समृद्धि र नेपाली नागरिकको प्रगतिमा बंगलादेश सधैँ सहकार्य गर्न तयार रहेको बताउँदै राष्ट्रपति हमिदले आफ्नो भ्रमणका क्रममा नेपाल र नेपाली जनताले देखाएको सद्भाव र हार्दिकताप्रति कृतज्ञता व्यक्त गर्नुभयाे । यस्तै नेपाल र बंगलादेशको सदियौँ देखिको सम्बन्धलाई अझै नयॉ उचाइमा पुर्याउन दुई देश अझ बढी जिम्मेवार भएर अघि बढ्ने विषयमा पनि राष्ट्रपति हमिद र अध्यक्ष प्रचण्डबीच छलफल भएकाे थियाे ।

कात्तिक ८, २०८१ शुक्रबार ४:१६:९