अल्पविकासशील मुलुकहरुले विकसित मुलुकबाट पर्यावरण क्षतिपूर्ति पाउनु अधिकार होः प्रधानमन्त्री

विश्वकै कम उमेरकी पर्यावरण अभियन्ता ग्रेटा थनवर्गले आममानिसलाई पर्यावरणको मुद्दा कुनै प्राविधिक विषय नभई यो साझा मानिसको चिन्ता हो भनेर भनेझै लेखक विशाल खड्काले पनि यो मुद्दा आममानिसको र विशेष गरेर माक्र्सवादीको चिन्ता र चिन्तन गर्नुपर्ने विषय हो भनेर जोड दिनुभएको छ। विश्वको साझा समस्याका रुपमा रहेको कार्बन उत्सर्जनले अविकसित तथा अल्पविकासशील मुलुकहरुलाई नै सबैभन्दा धेरै जोखिममा पुर्याइदिएको छ।

विशाल खड्काको ‘पर्यावरणीय संकटः आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तक लोकार्पण कार्यक्रमका लागि केही बुँदाहरुः- (९ मंसिर २०८०, बालुवाटार)

कार्यक्रमका अध्यक्षज्यू,
पुस्तकका लेखक एवं पार्टीका युवा नेता विशाल खड्का,
अतिथिगण,
टिप्पणीकार मित्रहरु,
सञ्चारकर्मी मित्रहरु,
उपस्थित सम्पूर्ण महानुभावहरु।
हाम्रो पार्टीका युवा नेता तथा केन्द्रीय सदस्य कमरेड विशाल खड्काले लेखेको ‘पर्यावरणीय संकटः आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तक त्यस्तो बेला प्रकाशित भएको छ, जतिबेला नेपालसहित विश्वका अधिकांश देशहरुले कोप–२८ को तयारी गरिरहेका छन्। कोप–२८ मा नेपालले राख्नुपर्ने सरोकारका बारे हामी निरन्तर अन्तरसंवादमै छौँ। पुस्तकमा खड्काले आठ अर्ब मानिसको साझा पृथ्वी, पर्यावरण र जलवायु परिवर्तनले विश्वभर निम्त्याएको संकटबारे विषद् चर्चा गर्नुका साथै यसको समाधानका लागि माक्र्सवादी वैचारिकी नै किन आवश्यक छ भनेर बडो सरल ढंगले, सबैले बुझ्ने गरी पुस्तकमा चर्चा गर्नुभएको छ।

विश्वकै कम उमेरकी पर्यावरण अभियन्ता ग्रेटा थनवर्गले आममानिसलाई पर्यावरणको मुद्दा कुनै प्राविधिक विषय नभई यो साझा मानिसको चिन्ता हो भनेर भनेझै लेखक विशाल खड्काले पनि यो मुद्दा आममानिसको र विशेष गरेर माक्र्सवादीको चिन्ता र चिन्तन गर्नुपर्ने विषय हो भनेर जोड दिनुभएको छ। विश्वको साझा समस्याका रुपमा रहेको कार्बन उत्सर्जनले अविकसित तथा अल्पविकासशील मुलुकहरुलाई नै सबैभन्दा धेरै जोखिममा पु¥याइदिएको छ। नेपालजस्ता मुलुकहरुमा प्रतिवर्ष ०.३ देखि १ प्रतिशतका दरले हिमालहरु पग्लिरहेको हिमालयाजः क्लाइमेट चेन्ज, ब्लयाक कार्बन एण्ड रिजनल रेजिलियन्स’ प्रतिवेदनले उल्लेख गरेको छ।

सबैभन्दा धेरै हरितगृह ग्यास उत्सर्जन गर्ने विकसित मुलुकहरुले अविकसित र अल्पविकासशील मुलुकमा पुगेको अपुरणीय पर्यावरणीय क्षतिलाई रोक्नका लागि क्लाइमेट फाइनान्स कोषको स्थापना गरी सन् २०२० सम्म १०० विलियन डलर उपलब्ध गराउने बाचा गरे पनि उक्त रकम उनीहरुले जम्मा नगरेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले देखाउँछ। विकसित मुलुकहरुको मुल ध्येय पर्यावरण जोगाउनुका सट्टा युद्धमा लगानी गरेर मुनाफा कमाउनु रहेको छ भन्ने लेखकको निष्कर्षलाई यसै नकार्न सकिँदैन। त्यसैले लेखकले अविकसित र अल्पविकासशील मुलुकहरुले विकसित मुलुकबाट क्षतिपूर्ति पाउनु उनीहरुको अधिकार हो भन्ने कुरामा जोड दिनुभएको छ।

लेखकले पुस्तकमा लेख्नुहुन्छ– ‘वास्तवमा ठूला शक्तिराष्ट्रले निम्त्याएको पर्यावरणीय जोखिमको मार भूगोलको हिसाबले साना, जनसंख्याका हिसाबले अतिकम विकसित र विकासोन्मुख मुलुकले व्होर्नुपरिरहेको छ। त्यसैले नेपाल, बंगलादेश, फिलिपिन्स, नाइजेरिया, जिम्बाबे, दक्षिण सुडानजस्ता जोखिमपूर्ण अवस्थामा रहेका मुलुकले विशेष रुपमा क्षतिपूर्तिको माग गर्नैपर्छ र नेपालले त्यसको अगुवाई गर्नुपर्छ।’ यति मात्रै होइन पुस्तकमा लेखक, कमरेड विशाल खड्काले नेपालको ७० बर्षे क्रान्तिकारी वामपन्थी आन्दोलन र जनयुद्धको समीक्षा गर्दै– यो आन्दोलनले सर्वहारा वर्गका भूईमान्छेको गास–बास–कपास र आत्मसम्मानको आन्दोलनलाई अगाडि बढाउन भूमिका खेलेको गरिमामय इतिहास स्मरण गर्दै अबको पर्यावरणीय संकट र त्यसको समाधान पनि माक्र्सवादी विचारले दिन सक्ने र नेपालमा त्यसको नेतृत्व माओवादी केन्द्रले गर्नुपर्ने विचार व्यक्त गर्नुहुन्छ। जुन निकै महत्वपूर्ण छ।

नेपाली माक्र्सवादी र माओवादी आन्दोलनमा लागेका युवा तथा अग्रपंक्तिका नेता कमरेडहरुले यो पुस्तक पढ्नैपर्छ। ‘हामीले हाम्रो भावी पुस्तालाई विरासतमा कस्तो पर्यावरण दिएर जानेछौँ ?’– भन्ने उहाँको संकथनले मलाई निकै संवेदनशील बनायो। हामी माक्र्सवादी भएका नाताले, हामी इतिहासप्रति, हाम्रो वर्गप्रति असाध्यै गम्भीर हुनैपर्छ । र, कोप–२८ को पूर्वसन्ध्यामा म यहाँ तपाईंहरुलाई भन्न चाहन्छु– हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) र मेरो नेतृत्वको सरकार पर्यावरणका मुद्दाप्रति निकै गम्भीर र संवेदनशील छ। हामी हाम्रो भावी पुस्ताप्रति पनि त्यति नै संवेदनशील छौँ, जति एउटी आमा आफ्नो बच्चाप्रति हुन्छिन्।

पुस्तकको अन्त्यतर्फ राखिएको ‘कोप–२८ लाई कसरी हेर्ने’ भन्ने लेखले मलाई विशेषरुपमा आकर्षित ग¥यो। लेखकले माक्र्सवादी दृष्टिकोणबाट कोपलाई कसरी हेरिनुपर्छ भन्ने विचार–विमर्श गर्नुभएको छ। यो लेखबारे यहाँ उपस्थिति मुर्धन्य समीक्षकहरुले अझै सटिक ढंगले आफ्ना केही कुराहरु राख्नुभएको छ। तर, मलाई लागेको के हो भने उहाँले यो लेख आफ्नो पुस्तकको अघिल्तिर राख्नुपर्ने थियो। उहाँले यस लेखमा निकै आलोचनात्मक ढंगले एउटा माक्र्सवादीले कोपलाई कसरी हेर्नुपर्छ भन्ने स्पष्ट र सटिक विश्लेषण पस्किनुभएको छ।

लेखक कमरेड विशाल खड्काले भने जस्तै पर्यावरणको मुद्दा कुनै प्राविधिक विषय मात्र नभएर यो माक्र्सवादी अर्थराजनीतिको मुल मुद्दा बनेर सबैका अघिल्तिर आइसकेको छ। त्यसैले म सबै कमरेडहरुलाई यो पुस्तक गम्भीरतासाथ अध्ययन गर्न र पर्यावरणीय संकटलाई माक्र्सवादी कोणबाट समाधानको बाटो पहिल्याउनका लागि यसको विषद् अध्ययनतर्फ लाग्न आह्वान गर्दछु। धन्यवाद।

कात्तिक ७, २०८१ बुधबार ६:२५:५२