एमाले, कांग्रेस सहित मसालबाट माओवादीमा प्रवेश, प्रचण्डद्वारा स्वागत

काठमाडौं । नेकपा मसारका केन्द्रीय सदस्य नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएकाे छ । सोमबार माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमका बीच मसालका केन्द्रीय सदस्यद खडक राना थारुसहितका नेता कार्यकर्ता माओवादीमा प्रवेश गर्नुभएकाे हाे ।

नवप्रवेशीहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गर्नुभएकाे थियाे । माओवादी प्रवेश गर्नेहरुमा नेकपा एमाले सदुरपश्चिम प्रदेश सदस्य विरबल विक, नेकपा मसालका लुम्बिनी व्यूरो सदस्य, कमलकुमार खड्का, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि चन्द्रसिंह विक लगायत रहनुभएकाे छ ।

कंचनपुरका प्रतिष्ठित सामाजिक व्यक्तित्व दिल ब.बि.क., तत्कालिन दलित श्रमिक संगठनका केन्द्रीय सदस्य गोपीलाल सुनार,नेपाली काङ्ग्रेसका पुनर्बास नगर सचिव चन्द्र मणि गैरे , नेपाली काङ्ग्रेस क्रियाशील सदस्य राम कृष्ण बि क(कंचनपुर) पुनर्बास न पा कंचनपुरबाट बिनोद बि क., सुदिक्षा ढकल, सुदिप रोकाया,दिपेश रोकाया,कृष्ण बोगटी,हर्क बिष्ट,हाम्रो पार्टी ने क पा(माओवादी केन्द्र)प्रवेश गर्नुभएकाे हाे ।

कात्तिक ८, २०८१ बिहीबार १०:१४:३७