कमरेड बञ्जाडेको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको छ: अध्यक्ष प्रचण्ड

हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय प्रतिनिधि तथा रुपन्देही जिल्ला इञ्चार्ज जनयुद्धका अथक योद्धा कमरेड रामप्रसाद बञ्जाडे (टंकमणि शर्मा) को सडक दुर्घटनामा परी आज बिहान कबिर ५ बजे बुटवलको सिटी अस्पतालमा उपचारको क्रममा दुःखद् निधन भएको खबरले सिङ्गो पार्टी स्तब्ध भएको छ ।

मिति ः २०७८।०८।०८
शोक वक्तव्य
आज मिति २०७८ मंसीर ८ गतेका दिन हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय प्रतिनिधि तथा रुपन्देही जिल्ला इञ्चार्ज जनयुद्धका अथक योद्धा कमरेड रामप्रसाद बञ्जाडे (टंकमणि शर्मा) को सडक दुर्घटनामा परी आज बिहान कबिर ५ बजे बुटवलको सिटी अस्पतालमा उपचारको क्रममा दुःखद् निधन भएको खबरले सिङ्गो पार्टी स्तब्ध भएको छ ।

दाङको भालुवाङमा सहिद, वेपत्ता योद्धा परिवार तथा घाइते अपाङ्ग संगठनको बैठकमा सहभागी भएर फर्कदै गर्दा बेलबास जितगढी घर नजिकै विपरित दिशाबाट आएको गाडीले ठक्कर दिँदा २०७८ मंसीर ७ गते साँझ ८ बजे दुर्घटनामा परी गम्भीर घाइते भई बुटवल सिटी हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।

२०२३ साल फागुन १९ गते अर्घाखाँचीको साविक धारापानी गा.वि.स. औवलमा जन्मनुभएका कमरेड रामप्रसाद बञ्जाडे १७ वर्षको उमेरदेखि नै विद्यार्थी राजनीतिमा सक्रीय हुनुहुन्थ्यो । अखिल (क्रान्तिकारी) को केन्द्रीय महासचिव हुँदै २०६० सालमा तात्कालिन नेकपा माओवादीको केन्द्रीय सदस्य हुनुभएको थियो । जनयुद्धको क्रममा अति संवेदनशील तथा विशेष भूमिका निर्वाह गर्नुभएका कमरेड बञ्जाडेको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको छ ।

उहाँको आमा, एक श्रीमति, एक छोरी र एक छोरा हुनुहुन्छ ।

यस शोकको घडीमा हाम्रो पार्टी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । शोक सन्तप्त परिवार जनप्रति हार्दिक समवेदना प्रकट गर्दै सम्पूर्ण पार्टी पंक्तिलाई यस दुःखद् घडीमा शोकलाई शक्तिमा बदल्न हार्दिक अपिल गर्दछ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

कात्तिक ६, २०८१ बुधबार १:१४:२३