कीर्तिमानी आरोही निर्मल पुर्जाद्वारा अध्यक्ष प्रचण्डसँग भेट

चितवन । ६ महिना ६ दिनमा ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिम चुचुराहरू आरोहण गरेर विश्वमा नयाँ कीर्तिमान राखेका नेपाली आरोही निर्मल पुर्जाले पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिहिबार भेट गर्नुभएको छ । भेटका क्रममा अध्यक्ष प्रचण्डले आरोही पुर्जाका साहस र अनुभव सुनेर उहाँलाई थप सफलताको लागि हौसला प्रदान गर्दै विश्वका चमत्कारी र सहासिक सेलिब्रेटी बन्न सफल हुनुभएकोमा बधाई दिनुभयो ।

अध्यक्षले सहासिक आरोही पुर्जाका हिमाल आरोहणका अनुभूतिबारे जिज्ञासा राख्नुभएको थियो । उहाँले हिमाल आरोहणमा नेपाली आरोहीले व्यहोरेका समस्या र तिनका समाधानका बारेमा पनि जिज्ञासा राख्नुभएको थियो । अध्यक्षले आरोही पुर्जाका भावी योजना र देशका लागि अरु कीर्तिमानका योजनाका बारेमा पनि चासो राख्नुभएको थियो । पुर्जाले आफूले देशका लागि अझै यस्तै अन्य कीर्तिमान कायम गर्ने कार्यहरु गरी देशको नाम राख्ने बताउनुभयो ।

कात्तिक ८, २०८१ बिहीबार १२:३:२७