चीन भ्रमण पूर्ण सफल : प्रधानमन्त्री

चैत्र १६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण पूर्ण सफल र उपलब्धीमूलक रहेको बताउनु भएको छ ।
चीन भ्रमणबाट फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति, उपप्रधानमन्त्रीहरु, विदेश विभाग प्रमुखका साथै तिब्बतमा पार्टी प्रमुख र सरकार प्रमुखसँग महत्वपूर्ण भेटवार्ता भएको तथा बोआओ फोरमलाई सम्बोधन गरिएको जानकारी दिनु भयो ।
प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिसँगको भेटमा दुबै देशमा रहेका अवसर र सम्भावनालाई भरपूर सदूपयोग गर्दै आपसी सदभावलाई अगाडि बढाँउन —दुबै देश सहमत भएको जानकारी दिँदै चिनियाँ राष्ट्रपतिले अघि सारेको वान बेल्ट वान रोड परियोजनामा नेपाल सहभागी हुने प्रतिबद्धता व्यक्त गरिएको बताउनु भयो ।
नेपालमा रेलमार्ग निमार्ण, सडक, सिमापार बिद्युत प्रशारण लाइन, भूकम्पपछिको पूर्ननिमार्णमा सहयोगको प्रतिवद्धता व्यक्त भएको स्पष्ट पार्दै प्रधानमन्त्रीले सीमापार आर्थिक विकास, रसुवागढी स्याप्रुबेसी सडक खण्डलाई स्तरोन्नती गर्न सम्झौताका लागि मातहतका निकायलाई निर्देशन दिने सहमति भएको समेत जानकारी दिनु भयो ।
प्रधानमन्त्रीले अगाडि भन्नु भयो — ‘भूकम्पपछि अबरुद्ध भएको तातोपानी नाका खोल्न राष्ट्रपति ज्यूलाई आग्रह गर्दा उहाँ आफैले उक्त नाका खोल्न आफुले ब्यक्तिगत रुपमा ध्यान दिएको बताउनुका साथै नेपालमा रेल ल्याउने तथा चिनिया पर्यटकहरुको नेपाल भ्रमणका वारेमा पनि सकारात्मक चासो देखाउनु भयो ।’
यसैगरी भ्रमणका क्रममा प्रधानमन्त्रीले नेपालमा लगानी गर्न चाहने र गरिरहका चिनिया कम्पनीका प्रमुखहरुसँग नेपालमा लगानीको बिषयमा बिजनेश ग्राउण्ड टेबललाई संबोधन गर्दै नेपालमा लगानी गर्न आग्रह गरेको जानकारी दिनुभयो ।
ल्हासामा रहँदा तिब्बल स्वाशासित क्षेत्रका चिनियाँ कम्युनिष्ट पार्टीका सचिव उ इन जे सँग महत्वपूर्ण कुराकानी भएको र यो छलफलले तिब्बत जनसरकारसँग मित्रवत प्रगाढ सम्बन्धलाई अझ सुदृढ गर्न र दुईपक्षिय सहयोगलाई अगाडि बढाउन मद्दत पुग्ने प्रधानमन्त्रीले जानकारी दिनु भयो ।

कात्तिक १०, २०८१ आइतबार २:१७:४