जनताका आवश्यकता र मागलाई मुल्याङ्कन गर्दै काम गर्न अध्यक्षद्वारा कार्यकर्तामा निर्देशन

धनगढी । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका आवश्यकता र मागलाई मुल्याङ्कन गर्दै काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएकाे छ । नेकपा सुदूरपश्चिम प्रदेश कमिटिले धनगढीमा आयोजना गरेको स्थानीय तहका पदाधिकारीहरुको विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयाे, ‘जनताका आवश्यकता र मागलाई मुल्याङ्कन गर्र्दै सम्बोधन गर्नुस् ।’ अध्यक्षले सुदूरपश्चिमको पार्टीको विकास र विकास निर्माण र समृद्धिको निम्ति नयाँ वातावरण बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

उहाँले पार्टी एकताका केही विषय मात्रै रहेका सबै काम टुङ्ग्याउनका लागि छलफल जारी रहेको बताउनुभयाे । गुट कायमै भयो भने पार्टी कमजोर हुने भन्दै उहाँले त्यसलाई अत्य गर्नुपर्नेमा जोड दिनुभयाे ।

उहाँले एकअर्काे प्रशंगमा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय पार्टीका महासचिव, चीन सरकारका विदेशमन्त्री र राष्ट्रपतिको भ्रमणले नेपाललाई फाइदा पुगेको बताउनुभयाे । उहाँले भन्नुभयाे–‘हामीहरुको अन्तर्क्रिया हुँदा उहाँहरुले आफ्नो कुरा राख्नुभयो । हामीले ९ करोड पार्टी सदस्यलाई कसरी सन्तुष्ट राखेका छौं ? ९ करोड पार्टी सदस्यबाट कसरी सबैलाई सन्तुष्ट राखेका छौं ?’ ‘गुट भनेको पार्टीका लागि महाघातक रोग हो । गुट हुँदा पार्टी सकिन्छ’  चिनियाँ कम्युनिष्ट पार्टीको प्रशसां गर्दै अध्यक्ष प्रचण्डले भन्ननुभयाे ।

उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको सरल र गम्भीर विषयमा ध्यान दिएर सोच्न आग्रह गर्नुभयाे । अध्यक्ष प्रचण्डले अगाडि भन्नुभयाे, ‘पार्टी एकताको काम लगभग सकिएको स्पष्ट पारेका छन् । अब केही घण्टाको सचिवालय बैठक बस्नेवित्तिकै पार्टी एकताका बाँकी कामहरु टुगिंन्छ ।’ दुई तिहाइको सरकारको काम गरेन भन्ने जनआवाज आफूहरुले सुनेको भन्दै आफू देशभर घुमिरहेको उहाँकाे भनार्इ थियाे ।

कात्तिक ८, २०८१ शुक्रबार ४:११:३४