डोल्पामा एमाले गाउँपालिका अध्यक्षसहित दर्जनौं माओवादी केन्द्रमा प्रवेश (फाेटाे फिचर)

काठमाडौं । डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिकामा नेकपा एमालेको तर्फबाट निर्वाचित गाउँपाकिा अध्यक्ष सहितका दर्जनौं नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएकाे छ । डोल्पा जिल्ला स्तरीय पार्टी प्रशिक्षण भेलामा पुग्नुभएका पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले उहाँहरुलाई माला खादा लगाएर पार्टीमा प्रवेश गराउनुभएकाे थियाे ।

यसरी प्रवेश गर्नेहरुमा डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्षसहित सहित वडा नं. १ का वडाध्यक्ष क्याल्पो भोटे थापा, २ नं. वडाका वडाध्यक्ष छोइक्याप भोटे, ३ नं. वडाका वडाध्यक्ष पाल्जाङ लामा र ६ नं. वडाका कार्यवाहक अध्यक्ष पेम्मा आङछुक गुरुङ लगायत रहनुभएकाे छ ।

अध्यक्ष प्रचण्डले डोल्पा जिल्लाका विभिन्न स्थानहरुको अवलोकन गर्दै जनतासँग छलफल अन्तक्र्रिया गर्नुभएकाे छ । उहाँसँग नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा, माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेत, नेतृ सत्या पहाडी, उहाँका स्वकीय सचिव गंगा दाहाल लगायतका नेताहरु पनि सहभागी हुनुहुन्छ ।

कात्तिक ८, २०८१ बिहीबार १६:२:५१