तरुण दलका १ सय ३५ कार्यकर्ता नेकपामा प्रवेश, अध्यक्ष प्रचण्डद्वारा स्वागत

चितवन । नेपाली कांग्रेस चितवनमाआवद्ध तरुण दलका १३५ जना कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । उनीहरुलाई नेकपा अध्यक्ष प्रचण्डले एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गर्नुभयाे ।

भरतपुर महानगरपालिकामा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले युवालाई देश जिम्मा लगाएर आफूहरु जाने बताउनुभयाे। उहाँले सबै युवालाई नेकपामा गोलबद्ध हुन पनि आग्रह गरेका छन् । प्रचण्डले पार्टी प्रवेश गरेकालाई टीका र खादा लगाएर स्वागत गरे। नेकपा प्रवेश गर्नेहरुमा पूर्वी चितवनका तरुण दल क्षेत्रीय सदस्यहरु सन्तोष गुरुङ, दीपक थापा, सुदन श्रेष्ठ, चोक बहादुर गुरुङ, प्रनिल तामाङ लगायत छन् ।

उनीहरुले मुलुकको समृद्धि नेकपा नेतृत्वबाट मात्रै सम्भव हुने भएकाले कांग्रेस परित्याग गरेको बताए । पार्टीको नीतिनियम र निर्देशन अनुसार नेकपामा क्रियाशिल हुने उनीहरुले बताएका छन्। कार्यक्रममा नेकपा प्रदेश ३ का अध्यक्ष नारायण दाहाल, जिल्ला अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोख्रेल लगायतका नेता कार्यकर्ता उपस्थित हुनुहुन्थ्याे।

कात्तिक ९, २०८१ शुक्रबार ८:७:५०