देशभर वडा सम्मेलन भव्य एवं उत्साहपूर्ण रूपमा सम्पन्न भएकाेमा अध्यक्षबाट बधाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता तथा कार्यकर्ताहरुमा हार्दिक बधाई ज्ञापन गर्नुभएकाे छ । उहाँले वडाहरुको सम्मेलन भव्य एवं उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा जनाउँदै पार्टी सम्वद्ध सबै नेता तथा कार्यकर्ताका साथै शुभेच्छुक जनसमुदायमा हार्दिक बधाई ज्ञापन गर्नुभएकाे हाे ।

नेकपा माओवादी केन्द्रले पहिलो पटक देशव्यापी रुपमा स्थानीय तह अन्तर्गतका वडाहरुको सम्मेलन एकैसाथ सम्पन्न गरेको भन्दै अध्यक्ष प्रचण्डले नेता, कार्यकर्ता र शुभेच्छुकहरुमा बधाई ज्ञापन गरेका हुन । अध्यक्ष प्रचण्डले सामाजिक मिडिया मार्फत बधाई दिनुभएकाे हाे ।

नेकपा माओवादी केन्द्रको निर्वाचन आयोगले देशभरका वडाहरुमा शनिबार वडा अघिवेशन सम्पन्न गरेको हाे । देशव्यापी रुपमा स्थानीय तह अन्तर्गतका वडाहरुको सम्मेलन भव्य एवं उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा पार्टी सम्वद्ध सबै नेता तथा कार्यकर्ताका साथै शुभेच्छुक जनसमुदायमा हार्दिक बधाई ज्ञापन गर्दछु ।

कात्तिक ८, २०८१ बिहीबार १६:१०:४८