नवौं गणतन्त्र दिवसको अवसरमा अध्यक्ष प्रचण्डद्वारा जारी शुभकामना

शुभ–कामना

    नेपाली जनताको सदियौंदेखिको संघर्षको परिणाम स्वरुप आजकै दिन २०६५ साल जेष्ठ १५ गते निरंकुश सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र नेपालको घोषणा भएको थियो । हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ९ औं गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछ । साथै महान् सहिदहरु प्रति श्रद्धाञ्जली, वेपत्ता योद्धाहरु प्रति सम्मान र घाइते योद्धाहरु प्रति स्वास्थ्य लाभको कामना गर्दछ ।

जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त संविधान सभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र नेपालको घोषाणा गरेको थियो । गणतन्त्र प्राप्त भएको नौ वर्षपछि नयाँ संविधान सहित हामी गणतन्त्र दिवस मनाइरहेका छौं । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेसी सहभागिता जस्ता संविधानमा प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै अगाडि बढ्ने चुनौतिहरु हाम्रा सामु रहेका छन् । प्राप्त उपलब्धिहरुलाई क्रियान्व्यन गर्दै यसका सिमा र कमजोरीहरु बारे जनतालाई सचेत गराउने र क्रान्तिका आगामी कार्यभार पुरा गर्ने अभियानमा एकताबद्ध हुन सम्पूर्ण जनसमुदायलाई अपील गर्दछौं । अन्त्यमा पुन एकपटक गणतन्त्र प्राप्तिको संघर्षमा सहभागी सबैलाई शुभकामना सहित लाल–अभिवादन व्यक्त गर्दछौं ।
१५ जेठ, २०७३
…………
प्रचण्ड
अध्यक्ष
ने.क.पा.(माओवादी केन्द्र)

Suvakamana_ganatantra_dibas_ 2073-02-15

कात्तिक ६, २०८१ बुधबार ५:२३:२९