निर्वाचनका बेला जनता सामु गरेका बाचा पुरा गर्दै अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पूर्व प्रधानमन्त्री तथा चितवन निर्वाचन क्षेत्र नं ३ का सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले निर्वाचनका बेला जनताको सामु गरेका बाचाहरू पुरा गर्दै आएको बताउनुभएकाे छ। भरतपुरमा खगेरी घोल लिफ्ट सिँचाई आयोजनाको शिलान्यास गर्दै उनले आगामी चुनावमा पनि आफू यसै क्षेत्रबाट चुनाव लड्ने बताउनुभएकाे हाे ।

अध्यक्ष प्रचण्डले यो आयोजना संचालन गर्न आफूले ठूलै लगानी गर्नुपरेको भन्दै यहॉको सुख्खा तथा उर्बरा जमिनमा कृषि उत्पादनमा वृद्धि गर्न समयमै गुणस्तरिय ढ्गंले निर्माण पुरा गरी संचालन गर्नुपर्ने बताउनुभएकाे हाे। शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले चुनावमा धुलाम्मे रहेका अधिकांश सडक कालोपत्रे भैसकेको र बाँकी रहेका पनि पुरा गरेरै छाड्ने बताउनुभयाे । समग्र भरतपुरको विकासमा भरतपुर महानगरपालिकाका जनप्रतिनिधि तथा प्रमुख नेतृत्वले लोभलाग्दो काम गरेर विकासको नमुना प्रस्तुत गरेकोमा प्रशंसा समेत व्यक्त गर्नुभयाे ।

सो अवसरमा अध्यक्ष प्रचण्डले भूमिहिन ,सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई आगामी निर्वाचन अगाडि नै जग्गाधनी पूर्जा प्रदान गरिने गरी सरकारले काम अगाडि बढाईसकेको बताए । उक्त कामको लागि चितवन पहिलो चरणमा छनोट भैसकेको उहाँको भनाइ छ ।

उक्त आयोजना ८ करोड ५७ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता भई १ बर्ष भित्र निर्माण सम्पन्न गरी संचालनमा ल्याइने लक्ष कार्यालयले लिएको छ । यस्तै सोमवार नै अध्यक्ष प्रचण्डले वडा नं २४ र २७ को सुख्खा जमिनमा सिँचाईका लागी निर्माण गरिएका ५ वटा डिप बोरिङको को उद्घाटन गर्नुभएकाे छ । सिँचाई बिभागवाट संचालित बोरिङ तथा डिप बोरिङको गरी भरतपुर महानगरपालिका क्षेत्रभित्र १७४ स्थानमा निर्माण गरिएको छ। वडा नं. २४ को सुखा तथा उर्वरा जमिनमा यो आयोजना सम्पन्न हुँदा ३ सय बिगाहा क्षेत्रमा सिँचाई सुबिधा पुग्ने छ ।

कात्तिक ८, २०८१ बिहीबार १६:१:५४