‘नेकपा बाहेक कुनै पार्टीले जनताको समृद्धिको सपना पूरा गर्न सक्दैन’ (फाेटाे फिचर)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा बाहेक कुनै पनि पार्टीले जनताको समृद्धिको सपना पूरा गर्न नसक्ने बताउनु भएको छ । रौतहटको गरुडामा नेकपा प्रदेश २ ले गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तराई मधेसले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा अति विशिष्ट भूमिका खेलेको बताउनुभयो ।

उहाँले कम्युनिष्ट आन्दोलन तराई मधेसको विरासत भएको स्पष्ट गर्दै वर्तमान सरकारले छिमेकीसँग पनि असल सम्बन्ध विकास गरेको बताउनुभयो । अध्यक्षले चार वर्षभित्र प्रदेश २ मा ठूलो परिवर्तन हुने बताउनुहुँदै तराई मधेसका बासिन्दाको मर्म र भावनालाई बुझेको सरकार र नेकपा भएकोले भौतिक विकासको साथै मधेसको विविधताको संरक्षण गर्ने पनि बताउनुभयो ।

विभेद, असमानता र अन्यायविरुद्ध मधेसवासी जहिले पनि अग्रणी मोर्चामा रहेका भन्दै उहाँले मधेसी जनताको प्रशंसा गर्नुभयो । देशमा नेकपाको हरेक लोकतान्त्रिक आन्दोलनमा तराई मधेसको सहभागिता रहेको उहाँको भनाई थियो ।

तराई मधेसले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा अति विशिष्ट भूमिका खेलेको बताउनुहुँदै अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलन तराई मधेसको विरासत भएको स्पष्ट पार्नुभयो । नेकपाको एकीकरण सानोतिनो ऐतिहासिक काम नभएको बताउनुहुँदै जिल्ला र तल्लो तहसम्म छिट्टै पार्टी एकताको काम सम्पन्न गरी देश दौडाहामा आफूहरु जाने पनि बताउनुभयो ।

 

कात्तिक ९, २०८१ शुक्रबार १२:१०:१७