नेपालको क्रान्तिलाई समाजवादी क्रान्तिको रुपमा बुझ्नपर्छः अध्यक्ष प्रचण्ड (भिडियाे)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको क्रान्तिलाई समाजवादी क्रान्तिको रुपमा बुझ्नपर्ने बताउनुभएकाे छ । शनिबार पार्टी कार्यालय धुम्बाराहीमा ‘जनताको जनवादका आधारहरु’ पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएकाे हाे ।

विचार र राजनीतिक कार्यदिशा स्पष्ट नभएमा पार्टीले आफ्नो उद्देश्य पूरा गर्न नसक्ने उहाँकाे धारणा थियाे । ‘हामीले नेपालमा सामान्तवाद र निरकुंशतन्त्रको विरुद्धमा जुन क्रान्ति गर्याै, त्यो न पूरानो खालको पूजीँपतिहरुले गरेको क्रान्तिजस्तो भयो, न चीन भियतनाम जस्तो क्रान्तिजस्तो भयो, यो आफ्नै खालको भयो । बुझ्नपर्ने खालको भयो, ’ उहाँले भन्नुभयाे ।

जनताको जनवादका आधारहरू पुस्तक लोकार्पण कार्यक्रम । ११ माघ २०७६ । धुम्बराही, काठमाडौं ।

Posted by क. प्रचण्ड / Comrade Prachanda on Friday, January 24, 2020

अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘नेपालमा भएको क्रान्तिमा पूजीँपति वर्गहरुलाई पनि सहभागि गराएर क्रान्ति सम्पन्न भएको बताए । ‘बुझ्नुपर्ने चूरो कुरो यहाँ छ, कम्युनिष्ट पार्टीको नेतृत्व पनि छ, तर कम्युनिष्ट पार्टीको सहभागिताले मात्र यो सम्भव भएको होइन् । यहाँ पूँजीपतिहरुको पनि साथ लिएर, पूजीँपतिवर्गको राजनीतिक सहकर्मीहरुलाई पनि साथ लिएर यो क्रान्ति सम्पन्न भयो,’ उहाँले भन्नुभयाे । ‘जनताको जनवादका आधारहरू’ पुस्तकले क्रान्तिका सबै विषयहरुलाई सहज ढंगबाट बुझ्न सहयोग गर्ने उहाँको भनाई छ ।

कात्तिक ८, २०८१ शुक्रबार २:६:३२