नेपालीकाे विकासको सपना पूरा गर्न वर्तमान सरकार अग्रसरः अध्यक्ष प्रचण्ड

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एव्म पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीले देखेको विकासको सपना पूरा गर्न वर्तमान सरकार अग्रसर रहेको बताउनुभएको छ । आज माेरङकाे विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्नु हुँदै अध्यक्ष प्रचण्डले विकास, निर्माण र समृद्धिको दिशामा अघि बढ्न सफल भएको बताउनुभयो ।

उहाँले मन्त्रीमण्डलको पुर्नगठन र हेरफेरकोे विषयमा आफूलाई कुनै जानकारी नरहेको प्रष्ट पार्नुभयो । यस विषयमा दुई अध्यक्षको विचमा मिडिया आएको जस्तौ कुनै छलफल नभएको उहाँको भनाई छ ।

फरक प्रशंगमा अध्यक्ष प्रचण्डले पार्टी एकिकरणको कामले गति लिन थालेको उल्लेख गर्नुभयो ।‘ पार्टी एकिकरणलाई अन्तिम रुप दिन गृहकार्यहरु भईरहेका छन् उहाँले भन्नुभयो, ‘प्रदेशहरुको प्रस्ताव चाहिँ तयार पारी सकेका छौ । एकिकरण करिब करिब टुङगिने अवस्थामा छ ।’  राजपाले सरकारको समर्थन फिर्ता लिने र सरकारमा जाने भन्ने विषयमा कुनै कुरा नभएको जानकारी दिनुभयो ।

कात्तिक ९, २०८१ शुक्रबार १२:१२:५६