अध्यक्ष प्रचण्डद्धारा जनयुद्धका घाइते योद्धाहरुसँग छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले जनयुद्धका घाइते योद्धाहरुसँग छलफल गर्नुभएकाे छ । उहाँले माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा जनयुद्धका घाइते तथा अपाङ्गहरुलाई भेट गर्नुभएकाे हाे ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले घाइते योद्धाहरुको उपचारमा भईरहेको प्रगति र स्वास्थ्य अवस्थाकाे बारेमा जिज्ञासा राख्न भएकाे थियाे ।

बाँकी उपचारकालागि सरकार र पार्टीले गर्नुपर्ने पहल र जीवन निर्वाहका लागि के कस्ता उपायहरु अवलम्बन गर्ने भन्ने बारे घाइते योद्धाहरुसँग अध्यक्ष प्रचण्ड चासाे राख्नुभएकाे थियाे । घाइते योद्धाहरुले अझै धेरै घाइतेहरुले राज्यबाट दिइने सुविधाबाट वञ्चित हुनुपरेको, छुटेका साथीहरुलाई जोड्नुपर्ने र उनीहरुको जीवन निर्वाह र आय मूलक कार्यक्रममा जोड्नुपर्ने लगायतको विषयहरु राखेका थिए ।

अध्यक्ष प्रचण्डको पहलमा धाइते याेद्धाहरूको प्रकृति अनुसार श्रेणी विभाजन गरि २५ प्रतिशतभन्दा कम अंगभंग भएकाको निःशुल्क स्वास्थ्योपचार र त्योभन्दा माथिकाको मासिक भत्तामा वृद्धि भएको छ । त्यसैगरि विभिन्न समयमा बनेका कार्यदलले तयार पारेको लगत संकलनमा छुटेका लाई थपिएको छ । सबै प्रकारका घाइते याेद्धाहरूको नेपालमा निःशुल्क उपचार र नेपालमा उपचार हुन नसकेकाहरुको हकमा प्रवासमा उपचारको पहल भएको छ ।

कात्तिक ८, २०८१ बिहीबार ८:०:४०