प्रधानमन्त्रीद्वारा उपचाररत नेताकाे स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी सचिव डिलाराम आचार्यको स्वास्थ्यस्थिति बारे जानकारी लिनुभएको छ । प्रधानमन्त्रीले आज बिहान वीर अस्पताल पुगी उपचारमा सम्लग्न चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरुसँग उहाँको स्वास्थ्यमा भइरहेको प्रगतिका बारेमा जानकारी लिनुभएको हो ।

कात्तिक ७, २०८१ बुधबार १०:१०:२८