प्रधानमन्त्री प्रचण्डद्वारा घोडाघोडी क्याम्पसको भवन शिलान्यास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोडाघोडी बहुमुखी क्याम्पस सुखड, कैलालीमा शैक्षिक भवन शिलान्यास गर्नुभएको छ ।

सो सुविधा सम्पन्न शैक्षिक भवन नेपाल सरकार राष्ट्रिय योजना आयोगको आ.व.२०६० /०६१ को अनुदान कार्यक्रम अन्तर्गत प्राप्त अनुदानवाट निर्माण हुनेछ ।

समाजवादी मोर्चाको धनगढी सभालाई सम्बोधन गर्न सुदुरपश्चिम पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड ले त्यहाँ रहँदा विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ ।

कात्तिक ७, २०८१ बुधबार १०:१६:१