फोटो पत्रकारहरुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

बैशाख ५, काठमाडौं । राजधानीमा क्रियाशील फोटो पत्रकारहरुको टोली राष्ट्रिय फोटो पत्रकार समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी ७ बुंदे ज्ञापन पत्र बुझाएको छ ।
टोलीले बिहीबार दिउँसो प्रधानमन्त्रीलाई भेटी ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा फोटो पत्रकारहरुको कार्यालय भवन स्थापनामा सहयोग गर्न, फोटो पत्रकारहरुको न्यूनतम् पारिश्रमिक निर्धारण गर्न, जीवन बीमाको व्यवस्था गर्न, सूचना विभागबाट प्रेस पासको व्यवस्था गर्न, राजकीय र उच्चस्तरीय भ्रमणहरुमा पत्रकारहरु सहभागी गराई पर्यटन प्रवद्र्धन गर्न, फोटो पत्रकारहरुका लागि ५० लाखको अक्षय कोष स्थापना गर्न, फोटो पत्रकारहरुलाई वार्षिक सम्मानको व्यवस्थ ागर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रीले फोटो पत्रकारहरुका माग जायज भएको बताउँदै माग पुरा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने जानकारी गराउनु भयो ।

कात्तिक १०, २०८१ आइतबार ०:१३:२७