बिश्वको दीगो शान्ति र सुरक्षा तथा मानव जातिका लागि साझा भबिश्य निर्माण गर्न मिलेर काम गरौं

बिश्व शान्ति र सुरक्षाका लागि मिलेर विकास गर्ने र समृद्ध हुने महत्वलाई अन्तराष्ट्रिय समुदायले व्यापक रुपमा आत्मसाथ गर्नु एउटा खुसीको कुरा हो ।
यसलाई व्यापक रुपमा स्वकारिएको छ कि शान्तिविना विकास हुँदैन र विकास विना शान्ति हुँदैन । हामी भन्न सक्छौ कि तुलनात्मक रुपमा हामी बिश्वको शान्तिपूर्ण अवधिमा छौ ।
दिगो शान्ति र सुरक्षा सुव्यवस्था प्राप्तिका लागि मुलुकहरु मनैदेखि मिलेर लागिरहेका छन् ।

प्रबुद्ध अतिथि
महिला तथा सज्जनबृन्द
साथीहरु,
यो सुन्दर शहर नानजिङंगमा सन २०१८ को अन्तराष्ट्रिय शान्ति दिवसका अवसरमा सहभागी हुन पाउँदा मैले आफूलाई सम्मानित र गौरवान्वित ठानेको छु । ‘बिश्वको दीगो शान्ति र सुरक्षा तथा मानव जातिका लागि साझा भबिश्य निर्माण गर्न मिलेर काम गरौ’ भन्ने बिषयमा कार्यक्रम आयोजना गरिनु बिश्व शान्तिका लागि एकदमै सान्दर्भिक छ । यस्तो महत्वपूर्ण कार्यक्रममा मलाई आफना बिचार अभिव्यक्त गर्ने अवसर उपलब्ध गराइदिनु भएकोमा आयोजकप्रति आभारी छु ।

महिला तथा सज्जनबृन्द
साथीहरु

आजको बिश्व अन्तरसम्बन्धित छ र एक अर्कामा जोडिएको छ । बिश्वव्यापीकरण र तीब्र विकास अनि सूचना तथा सञ्चार प्रबिधिले बिश्वलाई एउटा एउटै गाउँमा रुपान्तरण गरिदिएको छ । यसले मानवीय अन्तरनिर्भरता बढाएको छ । त्यसैले भौतिक वातावरण र प्रबिधि, हाम्रा संस्कृति र मान्यताका साथ साथै हाम्रा आशा र चाहनामा हामी एक अर्कामा निर्भर छौ । बिश्वव्यापीकरणले ल्याएका चुनौतीको पनि सँगै सामना गरिरहेका छौ । हामीसँग आशावादी हुने कारण छन् । एउटा देशमा भएको प्रबिधिको विकास र अन्वेषणले बिश्वभरीका मानिसको जीवनलाई सहज बनाइदिएको छ । बिश्वको एउटा भागमा भएको तीब्र र दीगो आर्थिक विकासले बाँकी बिश्वका लागि समृद्धिको आशा जगाएको छ ।

बिश्वको एउटा भागको शान्ति र स्थिरताले बिश्वको अर्को भागलाई त्यहि दिशामा धकेल्न प्रोत्साहित गरेको छ । कथा यतिमा मात्रै सीमित छैन । न्यूयोर्क वा सांघाईको शेयरबजारमा हुने उतारचढाव बिश्व अर्थतन्त्रलाई तरंगित बनाउँछ । न्यूयोर्क,पेरिस वा काबुलमा हुने आतंकवादी आक्रमणले जहाँ सुकैका जनतालाई पनि शान्त र सुरक्षित महसुस गराउँदैन । इबोला भाइरसलाई एउटा देशबाट अर्को देशमा प्रवेश गर्न राजनीतिक सीमा र बलियो अध्यागमन नीतिले रोक्न सक्दैन । विकसित मुलुकका उद्योगहरुद्धारा उत्सर्जित बिषालु ग्याँसले त्यस्तो ग्याँस उत्सर्जन नगर्ने मुलुकको जलवायूमा खराव असर पारेको हुन्छ ।

महिला तथा सज्जनबृन्द
साथीहरु
बिश्व शान्ति र सुरक्षाका लागि मिलेर विकास गर्ने र समृद्ध हुने महत्वलाई अन्तराष्ट्रिय समुदायले व्यापक रुपमा आत्मसाथ गर्नु एउटा खुसीको कुरा हो । यसलाई व्यापक रुपमा स्वकारिएको छ कि शान्तिविना विकास हुँदैन र विकास विना शान्ति हुँदैन । हामी भन्न सक्छौ कि तुलनात्मक रुपमा हामी बिश्वको शान्तिपूर्ण अवधिमा छौ । दिगो शान्ति र सुरक्षा सुव्यवस्था प्राप्तिका लागि मुलुकहरु मनैदेखि मिलेर लागिरहेका छन् । अझै पनि केहि मुद्दाहरु सामूहिक प्रयासबाट पनि समाधान हुन बाँकी छन् । शान्ति र सुरक्षाको मुद्दाले बृहद र समग्र पहुँचको माग गर्दछ ।

शान्ति र सुरक्षाका लागि सम्मानित जीवनको प्रत्याभुति एउटा पूर्व शर्त हो । त्यसको आधार समावेशी,समानता र दीगो विकास हो । तर देशहरु र जनताहरुका वीचको तीब्र विभाजन र असमानता पनि आजको वास्तविकता हो । हाम्रो समयको गरिवी एउटा अत्यन्तै डरलाग्दो चुनौती हो । लाखौ मानिसहरु अहिले पनि गरिवीको रेखामुनि छन यद्यपी लाखौ मानिसहरु विगत केहि दशकयता गरिवीको रेखाबाट बाहिर पनि आएका छन् । धनी र गरिव वीचको खाडल फराकिलो बन्दै जाँदा अशान्तिको चिन्ता बढेको छ ।

ठूलो संख्याका जनतालाई गरिवीमा राखेर केहिको मात्रै समृद्धिले सुरक्ष,दिगोपना र हिंसारहित समाजको कल्पना गर्न सकिदैन । मानव सुरक्षालाई जलवायु परिवर्तनले वास्तवमै चुनौती खडा गरिदिएको छ । ग्लोबल वार्मिङ,मरुभूमिकरण र पानीको अभाव र अन्य रुपमा देखिएका जलवायू परिवर्तनको असरका कारणले बिभिन्न क्षेत्रमा द्धन्दहरु देखिन थालेका छन् ।
जलवायू परिवर्तन र गरिवीका चुनौतीलाई सम्बोधन नगरेसम्म दीगो शान्ति र वास्तविक सुरक्षा सपनामै सीमित रहनेछ ।

आतंकवाद,क्रुर हिंसा र अन्तरदेशीय अपराधको संयन्त्र तीब्र रुपमा फैलिइरहेको छ । एक्लिएका शक्तिहरुले आफनो धरातल बनाइरहेका हुन्छन् । जनता र देशहरुलाई जोडन चीनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको म प्रशंसा गर्न चाहन्छु । सबैलाई हित हुने गरी बजारलाई एकीकृत गर्ने र क्षेत्रीय आर्थिक सहयोग अभिबृद्धि गर्ने वेल्ट एण्ड रोड इनिसियटिभको कार्ययोजनाले अन्तराष्ट्रिय समुदायबाट व्यापक सहयोग प्राप्त गरेको छ । नेपाल बिश्वस्त छ कि बिआइले हिमालय क्षेत्रमा पूर्वाधार निर्माणमा सघाउनेछ र यस क्षेत्रमा सेवा, वस्तु र जनताको आवत जावतको अप्ठयारा अवरोधलाई हटाउनेछ ।

यातायातमा सुधार र कनेक्टीभिटीले हामीलाई एकीकृत बजारका लागि सहयोग गर्नेछ र व्यापार तथा बाणिज्य विस्तार गर्न लाभ प्राप्त हुनेछ । वेल्ट एण्ड रोड इनिसियटिभको मातहतमा यातायातको पूर्वाधारको सहयोगले पूर्वी, मध्य र पश्चिमी नेपाललाई यातायात, उर्जा संयन्त्र,सेवा र बाणिज्यको अप्ठयारो हटाएर चीनसँग जोडन मद्दत पुग्नेछ । हामी बिश्वास गर्छौ कि यस्तो कनेक्टीभिटीले उत्पादकत्वमा बृद्धि ल्याउनेछ र प्रविधिको स्तरोन्ती अनि साझा समृद्धिका हासिल गर्न दुवै देशका जनताका लागि रोजगारी सिर्जना गर्नेछ ।
साथसाथै मानवजातिका लागि साझा भबिश्य निर्माण गर्न चीनले गर्दै आएको शान्तिका पक्षमा निरन्तर वकालत, समावेशी विकास र वीन वीन सहयोग साझा समृद्धिको अवधारणा हो । असुरक्षा र अस्थिरतालाई जन्म दिने उग्रवादी शक्तिलाई यसले निश्चय नै निरुत्साहित गर्न सघाउनेछ ।

‘विकासको रेल यात्रामा दौडिरहेको छ’ भन्ने जनवादी गणतन्त्र चीनका महामहिम राष्टपति सी जिनपिंङले प्राय अन्तराष्ट्रिय समुदायलाई भन्ने गरेको सुन्दा मलाई खुसी लाग्छ । शान्ति,सुरक्षा र समृद्धिको बाटोमा सँगै हिडन चीन तयार रहेको अभिव्यक्ति हो त्यो । सदभावको मुख्य तत्व शान्तिपूर्ण र स्थिर समाजका लागि साझा समृद्धि र समावेशी विकासमा अन्तरनिहित रहेको म बिश्वास गर्छु ।

यस सन्दर्भमा हामीले सामूहिक प्रतिबद्धता जनाएका छौ । जलवायू परिवर्तनका सन्दर्भमा दीगो विकास लक्ष्यहरु र पेरिस सम्झौता उदाहरणका रुपमा रहेका छन् । हामीसँग संयुक्त राष्टसंघ जस्ता संस्था स्थापित भएका छन र वास्तविक शान्ति र सुरक्षाका लागि अन्य अन्तराष्ट्रिय र क्षेत्रीय संगठनहरुले हाम्रा साझा एजेण्डालाई सहजीकरण गरिरहेका छन् ।

महिला तथा सज्जनबृन्द
साथीहरु
बिश्व शान्ति र सुरक्षामा नेपालको निरन्तर प्रतिबद्धता खुसीसाथ व्यक्त गर्दछु । हाम्रा कार्य र नीतिहरु मार्फत हाम्रा प्रतिबद्धताहरु प्रमाणित हुँदै आएका छन् । हामी संयुक्त राष्टसंघ घोषणापत्रका सिद्धान्तहरुको वकालत गर्छौ । हाम्रो संविधानमा बिश्व शान्तिका लागि हाम्रा प्रतिबद्धता प्रतिबिम्बित भएका छन् । वास्तविक भातृत्व हाम्रा पूराना मूल्य मान्यता हुन ।
शान्तिपूर्ण तरिकाबाट सशस्त्र द्धन्दको समाधान गर्ने विरलै उदाहरण हामीले हाम्रो नमूनायोग्य र घरेलु शान्ति प्रक्रिया मार्फत प्रस्तुत गरेका छौ ।

नेपाल पूर्ण रुपमा बुझदछ कि हाम्रो सामूहिक र केन्द्रिकृत प्रयासहरु हाम्रो दीगो भबिश्य, सुरक्षा र बचाउका लागि हुनुपर्छ । हामी सबैका लागि एउटै भबिश्य बनाउन हामी सँगै मेहनत गर्छौ । यसलाई राम्रो बनाउने वा खराव बनाउने हाम्रै हातमा छ । म पूर्ण बिश्वस्त छु कि बिश्वको दीगो शान्ति र सुरक्षा तथा मानव जातिका लागि साझा भबिश्य निर्माण गर्न मिलेर काम गर्न यो सहभागिताबाट एउटा ठोस निष्कर्ष आउनेछ ।

अन्तराष्टिय शान्ति दिवसको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद

(चीनको च्याङ्सु प्रान्तको नानचिङमा भएको अन्तर्राष्ट्रिय शान्ति स्मृति दिवसमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड)

कात्तिक ९, २०८१ शुक्रबार १८:१५:१८