भारत भ्रमण उपलब्धिमूलक र फलदायी: अध्यक्ष प्रचण्ड (भिडियाे)

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा फलदायी र उपलब्धिमूलक भएको बताउनुभएको छ । तीन दिने भारत भ्रमण पुरा गरी स्वदेश फर्कने क्रममा त्रिभूवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दे उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘म भारत आएदेखि नै निकै राम्रो वातावरणमा फलदायी र उपलब्धिमूलक कुराकानी भइरहेको छ। संसारको सबैभन्दा ठूलो राजनीतिक पार्टीको रुपमा स्थापित भारतीय जनता पार्टीको अध्यक्ष जेपी नड्डाजीसँग कुरा भयो। यहाँको अफिस म्यानेजमेण्ट कसरी चलेको छरु त्यहाँ व्यवस्थापन कस्तो छ भन्नेबारेमा बुझ्दा म उत्साहित भएको छु। दुई पार्टी र दुई देशको सम्बन्ध बलियो बनाउनको लागि राम्रोसँग सम्बन्ध बलियो बढाउनुपर्छ, भन्ने नड्डाजीको प्रस्तावलाई मैले समर्थन गरेको छु। कहिले बिजेपी र कहिले माओवादीको निमन्त्रणामा नेपाल र भारतमा विभिन्न कार्यक्रमहरु संयुक्त रुपमा गर्ने भन्ने समझदारी पनि भएको छ।’

अध्यक्ष प्रचण्डले भाजपा र नेकपा माओवादीले दुई देश र पार्टी बीचको सम्बन्ध विस्तारका लागि मिलेर नेपाल र भारतमा संयुक्त रुपमा कार्यक्रम गर्ने समझदारी भएको पनि बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगरी दाहाल आजै नेपाल फर्किँदैछन्। अध्यक्षले भारतमा बाढीले जनधनको ठूलो क्षति भएको र प्रधानमन्त्री मोदी त्यसमा व्यस्त भएकाले भेट स्थगित भएको पनि हुनसक्ने बताउनुभयो ।

कात्तिक ८, २०८१ बिहीबार ८:९:३७