माओवादी केन्द्रद्वारा मधेशी मोर्चालाई सहमतिका लागि अपिल

बैशाख १, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले मधेशी मोर्चालाई वार्ता र सहमतिका माध्यमवाट समस्या समाधानका लागि अपिल गरेको छ ।
आज बालुवाटारमा बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले मोर्चालाई वार्ता र सहमतिका माध्यमवाट समस्या समाधान गरी स्थानीय तहको निर्वाचनमा सहभागी बन्न आग्रह गरेको हो । बैठकले मधेशी मोर्चासँग निरन्तर वार्ता गरी चुनावमा सहभागी हुने वातावरण तयार पार्न सरकारलाई आग्रह गरेको छ ।
कार्यालय बैठकले पार्टीको मूल नारा ‘माओवादी केन्द्रको उपहार, गाउँ÷नगरमा सिंहदरबार’तय गरेको छ । यस्तै बैशाख ९ गते १ बजे देशका ७४४ वटै महानगरपालीका÷नगरपालीका÷गाउपालिकामा चुनावी जनसभा गर्ने  निर्णय गरेको छ । साथै यही बैशाख ३१ गतेको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन देशैभर घरदैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी बैशाख ९ गतेसम्म उम्मेदवार टुंगो लगाइसक्ने निर्णय गरिएको छ ।

कात्तिक १०, २०८१ आइतबार ०:७:९