यो उपनिर्वाचनले देशभरिका नेता, कार्यकर्ता र जनतामा नयाँ उर्जा दिएकाे छः अध्यक्ष प्रचण्ड

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामि उपनिर्वाचनले देशभरिका नेता, कार्यकर्ता र जनतामा नयाँ उर्जा दिएकाे बताउनुभएको छ । कास्कीको पोखरामा आज दिउँसो आयोजित जिल्लास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्षले भन्नुभयो, ‘कम्युनिष्टहरुलाई अब बिजय यात्रामा रोक्न कसैले सक्दैन । यो उपनिर्वाचनले सिंगो पार्टी एकता पुरा गर्न र पार्टीलाई सुदृढ गर्न मद्दत गर्नेछ ।’ नेतालाई जनताबाट सिक्न पनि यो उपनिर्वाचन एक अवसर भएको उहाँको भनाई थियो ।

अध्यक्षले निर्वाचनको क्रममा पार्टीको नेतृत्वमा रहेको सरकारले गरेका कामहरुको जनतामा सम्प्रेशण गर्नुपर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले विश्वमै रक्षात्मक स्थितिमा रहेको कम्युनिष्ट आन्दोलनको बीचमा नेपालबाट शक्तिशाली कम्युनिष्ट निर्माण हुँदा संसारका प्रतिक्रियावादीहरु यस विरुद्ध निकै ठूला ठूला तानाबाना बुनिरहेको बताउनुभयो ।

अध्यक्षले अगाडि भन्नुभयो, ‘यो शक्ति प्रतिक्रियावादीको दयामायाले दिएर भएको होइन, ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको हो ।’ दुर्इ ठूला कम्युनिष्ट पार्टीहरूबीच एकता नगरेकाे भए याे असाधारण गुणात्मक प्रगतिकाे सुरूवात नहुने उहाँकाे भनार्इ थियाे ।

कात्तिक ८, २०८१ शुक्रबार ४:१६:३७