लगानीकर्ताहरुलाई रोजगारीको वातावरण बनाउन अध्यक्ष प्रचण्डको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मानिसलाई अगाडिबाट डो¥याएर समृद्धिको यात्रामा पुग्ने भन्दै सबै आर्थिक क्षेत्रका कम्पनी तथा लगानीकर्ताहरुलाई रोजगारीको वातावरण बनाउन आग्रह गर्नुभएको छ ।

अध्यक्षले विदेशमा रहेका नेपाली युवावतीलाई नेपाल आउनुस् भनेर मात्र फर्केर नआउने बताउनुभयो । शनिवार गोरखा च्याम्बरले आयोजना गरेको दशैं सस्तो बजार तथा सस्तो मेलाको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो ।

अध्यक्षले प्रचण्डले नेपाल आर्थिक संमृद्धिको अभियानमा प्रवेश गरेको भन्दै उनीहरुलाई यहीँ काम गर्ने, रोजगारीको सृजना गरेर फर्काउनुपर्ने तर्क गर्नुभयो । गोरखा जिल्ला नेपालको इतिहासमा, नेपालको राजनितिक परिवर्तनको इतिहासमा अग्रणी भूमिका खेलेको जिल्लाको रुपमा चिनिने भन्दै प्रचण्डले आर्थिक समृद्धिको अभियानमा पनि ठुलो भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो ।

कात्तिक ९, २०८१ शुक्रबार १६:१३:४१