लामो मिहिनेतपछि आएको आर्थिक विकासको अवसर गुम्न दिनुहुँदैनः अध्यक्ष प्रचण्ड

रुपन्देही, ३ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो मिहिनेतपछि नेपालमा आएको आर्थिक विकासको अवसरलाई कुनै पनि हालतमा गुम्न दिनहुने बताउनु भएको छ । मंगलबार रूपन्देहीमा पाँचौं लुम्बिनी महोत्सव उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘कतिपय व्यापारीहरु नेपालमा भन्दा पनि विदेशमा लगानी गर्न जानु भएको छ भन्ने सुनेँ यो दुःखद कुरा हो,’ उहाँले भन्नुभयो ।

जनतालाई सहज हुने ठाउँमा प्रदेश ५ को राजधानी बनाउनुपर्ने पक्षमा आफू रहेको उहाँको धारणा थियो । ‘सबैलाई सबैभन्दा बढी सहज जहाँ हुन्छ त्यहीँ राजधानी बनाउनुपर्छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मैले यही ठाउँमा राजधानी हुनुपर्छ भनेर भनेको छैन । पूर्वाधार विकास भइसकेका वा नयाँ ठाउँमा पनि राजधानी बनाउन सकिन्छ।’

अध्यक्षले तीब्र आर्थिक विकासका लागि बाँकी जीवन अर्पण गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो । केही समयभित्र लुम्बिनी पर्यटनको अग्रणी स्थान हुने सम्भावना रहेको भन्दै उहाँले आवश्यक पुर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उद्योग, व्यापार र व्यवसायका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उहाँले प्रतिवद्धता पनि जनाउनुभयो । ‘पाँच वर्षभित्र नेपालका व्यवसायीले लिएको अपेक्षा पूरा हुन्छ, हेर्नुहोला,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

कात्तिक ८, २०८१ शुक्रबार ४:१४:१