‘लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्नु नेपाली श्रमजीवि वर्गकाे आजको मुख्य कार्यभार हो’

नेपाली श्रमजीवि जनसमुदायको हक, अधिकारको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि हामी स्थानीय तह निर्वाचनको संघारमा छौं । आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्नु नेपालका मजदूर एवम् श्रमजीवि उत्पीडित जनसमुदायको आजको मुख्य कार्यभार हो ।

शुभकामना

अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । आठ घण्टाको कार्य दिवस सहित आफ्नो अधिकारका निमित्त अमेरिकाको शिकागो शहरका मजदूरहरुले गरेको संघर्षको दिन १ मईलाई नेपाल लगायत विश्वभरका मजदूरहरुले मई दिवसका रुपमा मनाउँदै आएका छन् । नेपाली श्रमजीवि वर्गको पक्षमा लड्ने हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) यस ऐतिहासिक दिनमा नेपाल सहित विश्वका सम्पूर्ण श्रमजीवि वर्गसँग जुझारु ऐक्यवद्धता प्रकट गर्दछ ।

नेपालमा कम्युनिष्ट क्रान्तिकारी एवम् श्रमजीवि जनसमुदायले आफ्नो अधिकारका निमित्त संघर्ष र वलिदानका अनेकौं कीर्तिमान कायम गरेका छन् । महान् जनयुद्ध र विभिन्न मुक्तिकामी आन्दोलनहरुमा ग्रामिण क्षेत्रका किसान र मजदूरसहित उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको संघर्ष र बलिदानका कीर्तिमानकै कारण आज नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो ।

नेपाली श्रमजीवि जनसमुदायको हक, अधिकारको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि हामी स्थानीय तह निर्वाचनको संघारमा छौं । आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्नु नेपालका मजदूर एवम् श्रमजीवि उत्पीडित जनसमुदायको आजको मुख्य कार्यभार हो ।
आजको दिन प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिनको रुपमा लिन सबै श्रमजीवि जनसमुदाय, सच्चा कम्युनिष्ट क्रान्तिकारी, परिवर्तन र न्यायका पक्षधरहरुलाई विशेष आग्रह गर्दछु । संविधानको पूर्ण कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि आगामी दिनमा श्रमजीवि वर्गले नेतृत्वदायी भूमिका निर्वाह गर्न सकोस् भन्दै पुनः नेपाल र विश्वका मजदूरहरुमा बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

१८ बैशाख, २०७९ (१ मई, २०२२)
……………………………
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

May-Day_Suvakamana-From-Chairman-Prachanda-079-01-18

कात्तिक ८, २०८१ बिहीबार १०:८:९