वन्यजन्तु संरक्षणमा नेपालको काम विश्वका लागि उदाहरणीय : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले वन्यजन्तु संरक्षणमा गरेको उपलब्धी विश्वकै लागि उदाहरणीय भएको बताउनुभएकाे छ । चितवनको सौराहामा ‘नवौं विश्व रेन्जर सम्मेलन’ को उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले विश्वकै लागि उदाहरणीय कार्य गरेको बताउनभएकाे हाे ।

अध्यक्ष प्रचण्डले संरक्षणको क्षेत्रमा नेपालमा अझ धेरै चुनौती रहेको उल्लेख गर्नुभयाे । उहाँले बन्यजन्तु संरक्षणमा सरकार छिटै नयाँ रणनितिसहित अगाडि बढ्ने बताउनुभयाे । अध्यक्ष प्रचण्डले वन, वन्यजन्तु र वातावरण संरक्षणमा नेपालले विश्वलाइ उदाहरण पेस गरेको भन्दै यसमा रेन्जरहरुको भुमिका महत्वपुर्ण रहेको बताउनुभयाे । 

सम्मेलनमा नेपालसहित ७२ देशका ५ सय भन्दा बढी जना प्रतिनिधि सहभागी भएका छन् । जसमध्ये अष्ट्रेलियाबाट १०० जना र अमेरिकाबाट ६० जना प्रतिनिधि सहभागि
भएका छन् ।

कात्तिक ८, २०८१ शुक्रबार ४:१६:९