समग्र महिला मुक्ति नै मानव मुक्तिको पूर्वशर्त होः अध्यक्ष प्रचण्ड

विश्वमा न्याय, समानता, स्वतन्त्रता र मुक्तिका लागि ठूलठूला संघर्ष हुँदै आएका छन् । मानव जातिको पूर्ण मुक्ति हाम्रो सपना हो । त्यसका लागि महिला हिंसाको अन्त्यले मात्र पुग्दैन । समग्र महिला मुक्ति नै मानव मुक्तिको पूर्वशर्त हो ।

शुभकामना
१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आज विश्वभरका महिला दिदीबहिनीहरूको मात्र नभई मानव समुदायकै लागि एउटा ऐतिहासिक दिन हो । आज महिलाहरूको हक र अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक अधिकार स्थापित गर्न आवाज बुलन्द गरिएको संघर्षको दिन हो ।

विश्वमा न्याय, समानता, स्वतन्त्रता र मुक्तिका लागि ठूलठूला संघर्ष हुँदै आएका छन् । मानव जातिको पूर्ण मुक्ति हाम्रो सपना हो । त्यसका लागि महिला हिंसाको अन्त्यले मात्र पुग्दैन । समग्र महिला मुक्ति नै मानव मुक्तिको पूर्वशर्त हो ।

महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायत नेपालका सामाजिक र राजनीतिक क्रान्तिहरूमा नेपाली महिलाहरूले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ । महिलाहरूको त्यो साहस, त्याग र बलिदानीले आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका हौं ।

पछिल्लो चरणमा महिला, जनजाति, आदिवासी, दलित लगायत उत्पीडित र उपेक्षित समुदायका प्रतिनिधिमाथि सरकारबाट भएका आक्रमण र दुर्व्यवहारले संघर्षबाट प्राप्त जनताको अधिकार गुम्ने खतरा पैदा भएको छ । प्रतिक्रियावादी प्रतिगामी तत्वहरूसँग प्रतिरोधपूर्ण संघर्षका लागि आजको दिनले प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

२४ फागुन, २०७७ (८ मार्च, २०२१)
……………………………
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

CMPrachanda_Suvakamana_8_March-077-11-24

कात्तिक ६, २०८१ बुधबार ०:५८:२६