सहज वातावरणमा निर्वाचन हुन्छ : प्रधानमन्त्री

चैत्र २०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी बैशाख ३१ गते सहज वातावरणमा स्थानीय तहको निर्वाचन हुने बताउनु भएको छ ।
आज बिहान शिंहदरवारमा मधेशी जातीय समन्वय समाजको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्रीले अहिले सिंगो देश निर्वाचनमा जुटिसकेको बताउँदै मधेशी मोर्चासँग समेत सहमति बनाएर चुनाव गर्ने प्रयासमा आफू निरन्तर लागि रहेको स्पष्ट पार्नु भयो । उहाँले संविधान संशोधन प्रस्ताववारे आज भोली नै टुंग्याउने गरी आफूले पहल गरिरहेको बताउँदै देशलाई अतिवादमा जान नदिन परिवर्तनकारीहरु मिल्नुको बिकल्प नभएको बताउनु भयो । प्रधानमन्त्रीले संविधान संशोधनका लागि सत्तापक्षको मात्रै दुई तिहाई नपुग्ने प्रष्टाउँदै प्रमुख प्रतिपक्षसँग समेत छलफल गरेर सहमति बनाउने प्रयास भइरहेको बताउनु भयो ।
मधेशी जातीय समन्वय समाजको तर्फवाट संविधान संशोधन गरेर मात्र चुनावमा जानुपर्ने लगायतका माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

कात्तिक १०, २०८१ आइतबार २:१३:५६