सामाजिक चेतना अभिवृद्धि गर्न शिक्षकहरुको महत्वपूर्ण रहेको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक चेतना अभिवृद्धि गर्न शिक्षकहरुको महत्वपूर्ण रहेको बताउनुभएको छ । उहाँले सहि विचारको विकास र जनमत निर्माणमा शिक्षकहरुले सकारात्मक भुमिका खेल्नुपर्ने बताउनुभयो । सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको छैटौं राष्ट्रिय महाविधेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले विभिन्न भंगालोमा विभाजित माओवादीहरुलाई सहि विचारका आधारमा एकतावद्ध गराउन शिक्षकहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो–“नेपालको राजनीतिक सामाजिक चेतना अभिवृद्धि गर्न शिक्षकहरुको महत्वपूर्ण रहेको छ । अहिले भैरहेका राजनीतिक नेतृत्व वा अगुवाहरुमा शिक्षकहरुले बाहुल्यता छ ।सहि विचारको विकास र जनमतको निर्माणमा शिक्षकहरुको भुमिका महत्वपूर्ण हुन्छ ।विभिन्न भंगालोमा विभाजित माओवादीहरुलाई सहि विचारका आधारमा एकताबद्ध गराउन तपाइहरूको भुमिका महत्वपूर्ण हुन्छ ।”

विश्व अन्य देशमा शिक्षक पेसालाई सबैभन्दा प्रतिष्ठित मानिने भएपनि नेपालमा त्यस किसिमको नेपालमा संस्कारको विकास नभएको भन्दै शिक्षक पेसालाई मर्यादित र सम्मानित गराउन सरकारले ध्यान दिएको जानकारी दिनुभयो । साथै, प्रधानमन्त्री प्रचण्डले परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेकाले सबै सचेत हुन आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले अहिले पनि एकथरी मानिसहरु गणतन्त्रलाई, समावेशी समानुपातिक मान्यतालाई, देशका सबै उत्पीडित वर्ग, समुदायले पाएको अधिकारलाई खोस्न उद्धत रहेको भन्नुहुँदै राष्ट्र र जनताप्रति इमान्दार भइरहेसम्म दुनियाँका कुनै शक्तिले पनि आफूहरुलाई पराजित गर्न नसक्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले विस्तृत शान्ति सम्झौता र त्यसका हस्ताक्षर कर्ता वा नेतृत्वकर्तामाथि कसैले नकारात्मक सोच राखेर नकारात्मक क्रियाकलाप गरे त्यो सफल नहुने बताउनुभयो ।

विस्तृत शान्ति सम्झौतामाथि आफूविरुद्ध मुद्दा दर्ता हुँदा तरंग पैदा भए पनि माओवादीलाई भने एकतावद्ध हुन मद्दत पुगेको प्रधानमन्त्रीको भनाई थियो । उहाँले मुद्दा दर्तासम्बन्धी रिट पर्नुलाई आफूले शान्ति सम्झौतासम्बन्धी ऐनलाई अघि बढाउनुपर्ने कामका रुपमा लिएको उल्लेख गर्दै अदालतको फैसला पनि शान्ति सम्झौता भन्दा बाहिर नगएकाले चिन्तित हुनुपर्ने अवस्था नरहेको स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले सङ्घीय शिक्षा ऐन यही सदनमा प्रस्तुत गरी चाँडै पारित गर्ने प्रक्रियामा रहेको बताउनुभयाे। उहाँले मन्त्रिपरिषद् बैठकबाट जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायत सबै आन्दोलनका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गरेको र उनीहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको जानकारी दिनुभयाे ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “हामीले सङ्घीय शिक्षा ऐन जो सरकारमा शिक्षामन्त्री हाम्रै पार्टीबाट हुँदा नै त्यसको तयारी भएको थियो । सङ्घीय शिक्षा ऐनलाई यसै सदनमा प्रस्तुत गर्ने र छिटोभन्दा छिटो पारित गर्ने प्रक्रियामा रहेको छु । मैले भर्खरै मन्त्रिपरिषदबाट जनयुद्धका, जनआन्दोलन, मधेश आन्दोलन लगायत सबै आन्दोलनका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गरेका छु र त्यसलाई राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको छ ।”

कात्तिक ७, २०८१ बुधबार २२:६:१