सामाजिक परिचालिका नेकपामा प्रवेश, अध्यक्षद्वारा पार्टीमा स्वागत

काठमाडौं । विभिन्न जिल्लाका सामाजिक परिचालिकाहरु नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गर्नुभएकाे छ । विगत लामो समयदेखि सामाजिक अभियन्ताको रुपमा रहेर काम गरेका सामाजिक परिचालिकाहरु आफ्ना केही मागसहित नेकपामा प्रवेश गर्नुभएकाे हाे ।

बुधबार खुमलटार निवासमा पार्टी प्रवेश गराउँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उहाँहरुको मागको सम्बन्धमा आफ्नो पार्टी सचेत भएको बताउनुभयाे । आज विभिन्न राजनीतिक दलमा आवद्ध १४ सामजिक परिचालिका नेकपामा प्रवेश गर्नुभएकाे हाे। 

कात्तिक ९, २०८१ शुक्रबार ८:१०:६