सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार हो: प्रधानमन्त्री प्रचण्ड

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त विविधता एवं सानो भूगोलभित्र प्राकृतिक विविधता र गहिरो भावनात्मक एकता भएको सुन्दर मुलुक हो। सभ्यता, धर्म, संस्कृति, चाडपर्व एवं रहनसहनमा विविधताले हाम्रो वैभवशाली इतिहास र वर्तमानलाई प्रतिविम्बित गर्दै आएको छ। देशको यही विविधतालाई आत्मसात गर्दै नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र विविधतासहितको संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई आत्मसात गरेको छ। यो हामी सबैका लागि गौरवको कुरा हो। इन्द्रजात्राको यस ऐतिहासिक अवसरमा हाम्रो विविधताप्रति गौरवसहित धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार हो।

शुभकामना
नेपालीहरूको महान् पर्व इन्द्रजात्राको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेवार समुदाय लगायत समस्त नेपालीहरूमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।
मुख्यतः काठमाडौं उपत्यकासहित अन्य विविध स्थानमा मनाइने इन्द्रजात्रा पर्व परम्पराकालदेखि मनाउँदै आइएको ऐतिहासिक सांस्कृतिक पर्व हो। वर्षा र सहकालका इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने यो जात्रा लिंगो (ध्वजा) स्थापना एवं विविध धार्मिक एवं सांस्कृतिक कर्महरूसहित धुमधामपूर्वक मनाइन्छ। नेपालका ऐतिहासिक एवं सांस्कृतिक पर्वहरूमध्ये यो पर्व सबैभन्दा पूरानो एवं रोमाञ्चक पर्वसमेत मानिन्छ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त विविधता एवं सानो भूगोलभित्र प्राकृतिक विविधता र गहिरो भावनात्मक एकता भएको सुन्दर मुलुक हो। सभ्यता, धर्म, संस्कृति, चाडपर्व एवं रहनसहनमा विविधताले हाम्रो वैभवशाली इतिहास र वर्तमानलाई प्रतिविम्बित गर्दै आएको छ। देशको यही विविधतालाई आत्मसात गर्दै नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र विविधतासहितको संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई आत्मसात गरेको छ। यो हामी सबैका लागि गौरवको कुरा हो। इन्द्रजात्राको यस ऐतिहासिक अवसरमा हाम्रो विविधताप्रति गौरवसहित धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार हो।
अन्त्यमा, संविधानको सुदृढीकरण, राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी अन्तर्घुलन कायम गर्दै समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न थप प्रेरणा प्रदान गर्ने विश्वासहित इन्द्रजात्राको अवसरमा सम्पूर्ण नेपालीहरूमा फेरि एकपटक शुभकामना व्यक्त गर्दछु, धन्यवाद।
११ असोज २०८०
पुष्पकमल दाहाल “प्रचण्ड”

कात्तिक ७, २०८१ बुधबार १०:२३:४७