स्थायी समिति र मन्त्रीहरु बीचको छलफल सकियो

काठमाडौं, १४ माघ । पार्टीका स्थायी समिति सदस्य र सरकारमा सहभागी मन्त्रीहरुबीचको बैठक आज सकिएको छ । अध्यक्ष निवास लाजिम्पाटमा बिहान ९ बजेबाट बसेको बैठकमा वर्तमान सरकारमा एमाओवादी पार्टीको तर्फबाट गरिएका कामहरुको समिक्षा भएको थियो । बैठकले सरकारका समग्र कामको र मन्त्रीहरुले सम्हालेका कामहरुको ठोस समिक्षा गरेको छ ।

बैठकमा मन्त्रीहरुले अहिलेसम्म भए गरेका कामहरुको विस्तृत विवरण प्रस्तुत गर्नुभएको थियो । सरकारका कामहरुलाई अझै प्रभावकारी र जनमुखी बनाउने प्रयत्न गर्न मन्त्रीहरुलाई निर्देश पनि बैठकले गरेको छ । बैठकले अबका सरकारका कामलाई प्रभावकारी र परिणाममुखी बनाउने निश्कर्ष निकालेको छ । बैठकमा नकारात्मक कामहरुबाट शिक्षा लिँदै थप अगाडि बढ्ने छलफल भएको छ ।

बैठक पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष क. प्रकाश (अडियो)

माघ १९, २०८१ शनिबार ६:३०:३८