हामीले नयाँ उर्जा र उत्साह लिएर जनतामा जानुपर्छः अध्यक्ष प्रचण्ड (भिडियाे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु नयाँ उर्जा र उत्साह लिएर जनतामा जाने बताउनु भएकाे छ ।

शनिबार भक्तपुरको हनुमन्ते सरसफाइ अभियानको कार्यक्रममा बोल्दै प्रचण्डले भन्नेनुभयाे, ‘एकता भयो भने जस्तासुकै चुनौति छिचोल्न सकिन्छ । हिजो शान्ति प्रक्रियामा पनि हामीले एकता प्रदर्शन गर्‍यौं, संविधान निर्माणमा पनि एकता प्रदर्शन गर्‍यौं, अब विकास र समृद्धिमा पनि एकता प्रदर्शन गरौं ।’ उहाँले सिंगै भक्तपुर जिल्लाकाे विकासका लागि सबै दल र विभिन्न समुदायहरूकाे सक्रियता समृद्ध राष्ट्र निर्माणमा सकारात्मक सन्देश भएकाे बताउनुभयाे ।

अध्यक्ष प्रचण्डले हनुमन्ते सरसफाइ अभियानले देशभरि सन्देश दिने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘म एकछिनपछि बालुवाटार जाँदैछु, अनि धादिङ जाँदैछु । एक ठाउँमा भएको विकासको सन्देश अर्को ठाउँमा पुर्‍याउन मैले आवश्यक ठानेको छु । तपाईहरुको यो अभियानले पनि देशव्यापी सन्देश दिनुपर्छ ।’

अध्यक्षले नयाँ उर्जाका साथ काम गर्दा समृद्धि टाढा नभएको बताए । उहाँले भन्नुभयाे ‘हामीले नयाँ उर्जा र उत्साह लिएर जनतामा जानुपर्छ । विकास र समृद्धिको यात्रामा हाम्रो एकता र उर्जा जरुरी छ । हामी सबै त्यसैका लागि लागौं र अघि बढौं ।’

कात्तिक ९, २०८१ शुक्रबार १४:९:४०