'कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुहोस्'

संसदीय दल बैठकमा प्रधानमन्त्री प्रचण्डकाे निर्देशन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा प्रभावकारी भूमिका खेल्न आफ्ना पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा प्रधानमन्त्रीले पार्टीका सबै सांसदलाई आफ्नो भूमिकामा निखारता ल्याउन निर्देशन दिनुभयो ।  

चालु अधिवेशनमा महत्वपूर्ण कानुन संसद्मा पेस गर्ने सरकारले तयारी गरेको जानकारी दिनुभयो । बैठकमा संसदीय मैत्री समूह गठन, आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माण, १६औँ आवधिक योजना, संसद्को कार्यतालिका, संसद् र समितिका बैठकबारे पनि छलफल भएको थियो ।

असोज ३, २०८१ बिहीबार २१:५२:६