प्रधानमन्त्रीसँग अमेरिकी राजदूत थम्प्सनकाे भेटवार्ता

काठमाडौ । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेट भएको हो । भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियाे । प्रधानमन्त्री प्रचण्डले नेपालकाे विकास र समृद्धिमा अमेरिकी सरकार र जनताकाे सहयाेगकाे निरन्तरताकाे अपेक्षा गर्नुभएकाे थियाे ।

भेटमा राजदूत थम्प्सनले नेपालकाे विकासमा अमेरिकी सरकार र जनताकाे निरन्तर सहयाेग रहने विश्वास दिलाउँदै प्रधानमन्त्री नियुक्त हुनु भएकोमा प्रधानमन्त्री प्रचण्डलाई बधाईसमेत दिनुभएकाे थियाे ।

असोज ६, २०८१ सोमबार २:१६:३५