देशलाई नै सडक मानवमुक्त घोषणा गर्ने मानवसेवा आश्रमको पहललाई सम्मान: प्रधानमन्त्री

मुठ्ठीदान, जन्मदिन, विवाह वर्षगाँठ, उत्सव, वार्षिकोत्सव, पदोन्नति, विभिन्न पर्वहरु र मानवसेवाको भावनाद्वारा ओतप्रोत जनसमुदायको सहयोगबाट देशैभरि यति धेरै संरचना, सहयोगापेक्षी नागरिकहरुको उद्दार, उपचार र जीविकोपार्जन र अभियान्ता परिचालन गर्नुभएको जानकारी पाउँदा म निकै हर्षित् भएको छु। राज्यले नै गर्नुपर्ने यस प्रकारको महत्वपूर्ण अभियान र जिम्मेवारी बहनका लागि तपाईहरु सबैमा हृदयदेखि आभार व्यक्त गर्दै यो महाअभियानमा तपाईहरु एक्लै नभएको र सिंगो राज्य साथमा रहेको विश्वास दिलाउन चाहन्छु। यति कष्टसाध्य काम पनि खुला हृदयका साथ, निरन्तर र अविचलित रुपमा सञ्चालन गर्नुभएको कुरा हामी सबैका निम्ति थप प्रेरणादायी छ। यस सन्दर्भमा महाअभियानमा अविचलित रुपमा क्रियाशील हुनका लागिसमेत सबै अभियान्ताहरुमा विशेष अपील गर्दछु।

कार्यक्रमका अध्यक्षज्यू,
माननीय उपप्रधानमन्त्री ज्यू,
माननीय मन्त्रीज्यूहरु,
गण्डकी प्रदेशका माननीय मुख्यमन्त्रीज्यू,
राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिज्यूहरु,
महानगरपालिकाका प्रमुखज्यूहरु,
नेपाल सरकारका सचिवज्यूहरु,
नगरपालिकाका प्रमुख÷उपप्रमुखज्यूहरु,
आश्रमका सद्भावना दूतहरु,
मानवसेवामा समर्पित संस्थाका पदाधिकारीज्यूहरु,
आश्रमका सम्पूर्ण अभियान्ताज्यूहरु,
सञ्चारकर्मी मित्रहरुसपिहतच उपस्थित सम्पूर्ण महानुभावहरु।
सर्वप्रथम मानवसेवा आश्रमको नेतृत्वमा यहाँहरुले सञ्चालन गर्नुभएको मानवता प्रवद्र्धन महाअभियानका क्रममा मेची–महाकाली उद्दार यात्रा समापन कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुमा हार्दिक अभिवादन व्यक्त गर्दछु। मानवसेवाको भावनाद्वारा ओतप्रोत भई तपाईहरुले निर्वाह गर्नुभएको यस ऐतिहासिक भूमिकाको उच्च सम्मान गर्दै आश्रम र महाअभियानको निरन्तर सफलताका निम्ति शुभकामना व्यक्त गर्दछु।

तपाईहरुले देशका सात वटै प्रदेशमा आफ्नो शाखा तथा सेवा केन्द्रहरु सञ्चालन गरी खुला आकाशमुनि रहेका ७ हजारभन्दा बढी सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्दार, उपचार, पालनपोषण तथा परिवार भेटिएका वा भेटिन सम्भव नभएकाहरुको परिवारको खोजी गरी परिवारमा पुनर्मिलन, आश्रमहरुमा उद्दार, उपचार, गासवासको प्रबन्ध गर्दै देशलाई नै सडक मानवमुक्त नेपाल घोषणा गर्ने तपाईहरुको आकांक्षा, संकल्प र पहललाई म खुला हृदयले सम्मान गर्दछु।


मुठ्ठीदान, जन्मदिन, विवाह वर्षगाँठ, उत्सव, वार्षिकोत्सव, पदोन्नति, विभिन्न पर्वहरु र मानवसेवाको भावनाद्वारा ओतप्रोत जनसमुदायको सहयोगबाट देशैभरि यति धेरै संरचना, सहयोगापेक्षी नागरिकहरुको उद्दार, उपचार र जीविकोपार्जन र अभियान्ता परिचालन गर्नुभएको जानकारी पाउँदा म निकै हर्षित् भएको छु। राज्यले नै गर्नुपर्ने यस प्रकारको महत्वपूर्ण अभियान र जिम्मेवारी बहनका लागि तपाईहरु सबैमा हृदयदेखि आभार व्यक्त गर्दै यो महाअभियानमा तपाईहरु एक्लै नभएको र सिंगो राज्य साथमा रहेको विश्वास दिलाउन चाहन्छु। यति कष्टसाध्य काम पनि खुला हृदयका साथ, निरन्तर र अविचलित रुपमा सञ्चालन गर्नुभएको कुरा हामी सबैका निम्ति थप प्रेरणादायी छ। यस सन्दर्भमा महाअभियानमा अविचलित रुपमा क्रियाशील हुनका लागिसमेत सबै अभियान्ताहरुमा विशेष अपील गर्दछु।

मलाई मेची–महाकाली उद्दार यात्रा समापन कार्यक्रममा आमन्त्रणका क्रममा आश्रमका पदाधिकारीहरुले महाअभियानको बिफ्रिङ गर्नुभएको छ। बिफ्रिङका क्रममा अभियान्ता साथीहरुले नेपाल सरकारसँग केही महत्वपूर्ण अपेक्षा राख्नुभएको छ। तपाईहरुको सक्रियता, परिणाम र सामाजिक कर्म मैले गहिरो गरी अनुभूत गरेको छु। तसर्थ, ती अपेक्षाहरु सम्बोधनका लागि मैले मेरो तर्फबाट सम्पूर्ण रुपले सहयोग गर्ने विश्वास दिलाउँछु।
यस सन्दर्भमा म निम्न विषय तपाईहरुलाई जानकारी गराउन चाहन्छु।
१. वेवारिसे, असहाय, अनाथ, अशक्त, जोखिममा परेका, मानसिक असन्तुलन भएका सहयोगापेक्षी सडकआश्रित मानवहरुको समुचित व्यवस्थापन गर्न संघीय संसदको आगामी अधिवेशनमा नेपाल सरकारले सोसम्बन्धी विधेयक तयार गरी पेश गर्ने प्रतिवद्दता व्यक्त गर्दछु।
२. संघ, प्रदेश र स्थानीय सरकारले सहयोगापेक्षी सडक मानव व्यवस्थापन गर्न आ–आफ्नो तहबाट कार्यक्रम तथा बजेट विनियोजन गर्न आवश्यक पहल तथा समन्वय गर्नेछु।
३. मानवसेवा आश्रमलाई सरकारी तथा सार्वजनिक जग्गा, भवनको प्रयोग तथा संरचना निर्माण, उद्दार वाहन लगायत अत्यावश्यक सेवाहरुमा आवश्यक सहयोग गर्न नेपाल सरकार प्रतिवद्द छ।
४. सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्न तथा सरकारले घोषणा गरेको नीतिको प्रभावकारी कार्यान्वयन गर्न एक महिनाभित्र नेपाल सरकारको मन्त्रिपरिषदबाट निश्चित कार्ययोजना स्वीकृत गरी अघि बढ्ने गरी पहल लिने विश्वास दिलाउँछु।
अन्त्यमा, तपाईहरुको मानवसेवाको पवित्र भावना र सक्रियताप्रति फेरि एकपटक आभार प्रकट गर्दै महाअभियानको थप उचाईमा निरन्तरताको कामनासहित विदा हुन्छु। धन्यवाद।

मानव सेवा आश्रमको मेची–महाकाली उद्दार यात्रा समापन कार्यक्रममा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको सम्बोधन मन्तव्य।। (४ मंसिर २०८०, राष्ट्रिय सभागृह)

कात्तिक ६, २०८१ बुधबार ३:२०:४६