“चुनाव जितेर समाजवादमा जान्छौं भन्न पनि नपाउनु ?” – प्रचण्ड
कार्तिक २६, भरतपुर। “हामी लाेकतान्त्रिक प्रणालीमा छौं, प्रतिस्पर्धामा छौं। प्रतिस्पर्धाकै अाधारमा समाजवादकाे स्थापना गर्ने हाम्राे लक्ष्य छ” मंगलपुरमा अायाेजित काेण सभामा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयाे, “हामी कम्युनिष्ट मिल्दा कांग्रेसका केही साथीहरुले गाली गर्न थाल्नुभएकाे छ, नेपालमा अधिनायकवाद अाई नै हाल्याे भन्न थाल्नुभएकाे छ। हाम्राे संकल्प समाजवाद हाे। हामी कम्युनिष्टले चुनाव जितेर समाजवादमा जान्छौं भन्न पनि नपाउने ?” प्रचण्डले प्रश्न गर्नुभयाे।
“एमाले माअाेवादी बीचकाे एकताले कांग्रेससँगकाे सहकार्य टुट्दैन” प्रचण्डले भन्नुभयाे, “देशका साझा सवालमा हामी एक हुन्छौं। काेही पनि अात्तिन जरुरी छैन।” कार्यक्रममा चितवन-३ मा स्वतन्त्र उम्मेद्वारी दिएका हरिप्रसाद दाहालले अाफ्नाे उम्मेद्बारी फिर्ता लिएर प्रचण्डलाई समर्थन गरेकाे घाेषणा गर्नुभयाे।

कात्तिक ७, २०८१ बुधबार १९:२०:५