चिनियाँ उपमन्त्री सुन हायान र  प्रधानमन्त्री प्रचण्डबीच शिष्टाचार भेट

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानको शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको थियो । 

उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आउँनुभएको हो । 

 

कात्तिक ६, २०८१ बुधबार ५:११:१३