सकरात्मक सुझाबलाइ ब्यबहारमा देखाउन प्रयत्न गर्नु पर्छ: चेतनाथ निरौला

प्रचन्ड कमरेड देशलाइ नेतृत्व दिन सक्ने एक भरपर्दो रास्ट्रबादि नेता हुनुन्छ।त्यसैले वहाँले यि कुराहरुमा ध्यान दिन जरुरि छ भन्ने मलाइ लाग्छ।
१.वहाँ सर्बहारा को नेताभएको कारण सादा जीबन ज्युन प्रयत्न गर्नु पर्छ।
२.पार्टिमा आफ्नालाइ हैन राम्रालाइ स्थान दिइनु पर्छ र सकरात्मक सुझाबलाइ ब्यबहारमा देखाउन प्रयत्न गर्नु पर्छ।
३. पार्टिलाइ पारदर्षि मितब्ययि बनाउनु पर्छ।
४. हिजो युध्द लडेका घाइते योध्दाहरुको समस्या समाधान कसरि गर्न सकिन्छ भनेर गम्भिर चिन्तन मनन गरि समाधान खोज्ने प्रयत्न गरिनु पर्छ।
५. अहिले ओलि नेतृत्वको सरकारलाइ आत्मनिर्भर नेपाल बनाउनतर्फ लगाउन प्रयत्न गर्नु पर्छ।
६.अहिलेको सरकारलाइ चिन – नेपाल जोड्न कम्तिमा हरेक प्रदेशमा एउटा ब्यापारिक नाका खोल्न अग्रसर गराउनु पर्छ र नाकाको सडक ब्यबस्थित गर्न बल गर्नु पर्छ।
७.रास्ट्रघाति माथिल्लो कर्णालि सम्झौता नेपालको हितमा नभएकोले तत्काल खारेज गर्न मन्त्रि परिषदको बैठक बोलाउने र खारेज गराउने बाताबरण तयार गर्ने प्रयत्न गरिनु पर्छ।

८.नेपाल भारत सिमा नाका नियन्त्रित र ब्यबस्थित बनाउन आफ्नो तर्फबाट पहल गरिनु पर्छ।

९. बिदेशमा बस्ने नेपालीहरु लाइ हाइड्रोपावरमा
लगानि गर्न अाब्हान गर्ने र लगानि सुरक्षाको ग्यारेन्टि
गर्दै ब्यबस्थापन सरकारले गरिदिनु पर्छ।यसको लागि क. प्रचन्डले नेतृत्वदायि पहल कदमि लिनु पर्छ।

१०. सिके राउत जस्ता देश द्रोहिहरुलाइ जुन देश बाट परिचालित भएपनि  सरकारलाइ कठोर कदम चाल्न दबाब दिन प्रयत्न गर्नु पर्छ।

चेतनाथ निरौला [email protected]

कात्तिक ६, २०८१ मंगलबार २३:४६:२